सार्क पत्रकार मञ्चको ३५ सदस्यीय नेपाल शाखा गठन

दक्षिण एसियाली मुलुकका पत्रकारको संस्था सार्क पत्रकार मञ्च (एसजेएफ) को ३५ सदस्यीय नेपाल शाखा विस्तार भएको छ ।

मञ्चको केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष राजु लामा र महासचिव मोहम्मद अब्दुर रहमानले शनिवार विज्ञप्ति जारी गरी राष्ट्रिय समाचार समिति (रासस) का प्रकाश सिलवालको संयोजकत्वमा ३५ सदस्यीय समिति घोषणा गरिएको हो ।

समितिमा अनन्त सुवेदी, विजय दिमदोङ, चिरञ्जीवी अधिकारी, दिपक श्रेष्ठ, दीपेन्द्र प्रजापति, गोपाल संग्रौला, हेमराज ढकाल, इफ्रान बाबु, जीवन पराजुली, करन ताम्राकार, कौशल घिमिरे, कमल राना, कविता थापा, लक्की चौधरी, लव प्याकुरेल, माधवप्रसाद तिवारी, नृपेन्द्रलाल श्रेष्ठ, पुष्पा अधिकारी, प्रकाश पण्डित, रुद्रश्रीस मगर, रञ्जित तामाङ, रवीन्द्र काफ्ले, रत्नकाजी महर्जन, सुरेन्द्रभक्त श्रेष्ठ, सुनील महर्जन, सुनील आचार्य, सामना वियोगी, टेकेन्द्रबहादुर महत, उद्धवकुमार कार्की, उत्तम श्रेष्ठ र यमन दनुवार सदस्य छन् ।

समितिका सदस्यको पहिलो बैठकले आफ्नो कार्ययोजना र पदाधिकारी तय गर्नेछ । सार्क क्षेत्रमा व्यावसायिक पत्रकारिता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको पेशागत हक, अधिकारका लागि सन् २०१९ मा भारतमा स्थापित मञ्चले अन्तर्राष्ट्रियस्तरमा पत्रकारिताको गुणस्तर र पहुँचलाई सुदृढ पार्नु पनि उद्देश्य रहेको छ । संगठनको हालसम्म दक्षिण एसियाका मुलुकमा शाखा विस्तार भइसकेको छ भने हाल यसको मुख्यालय नेपालमा रहेको छ ।

दक्षिण एसियामा व्यावसायिक पत्रकारिताको विकास र प्रववद्र्धन गर्न, पत्रकारको जीवनस्तर उठाउन, सार्क राष्ट्रहरूका पत्रकारबीच आपसी विश्वास, एकार्काको समस्यालाई बुझ्न र मूल्यांकन गर्न मञ्चले भूमिका निर्वाह गर्नेछ । मञ्चलाई दक्षिण एसियाली सदस्य राष्ट्रका पत्रकारले क्षेत्रीय पत्रकार निकायका रूपमा मान्यता दिइएको छ ।

यस क्षेत्रमा पत्रकारिताको प्रवद्र्धन, विकास, विस्तार, नीतिगत सुधार र सार्क राष्ट्रमा पत्रकारिता क्षेत्रका साझा उद्देश्य हासिल गर्न मञ्चले काम गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध