सायाः नखः गरिने, कलाकार सुमन कपालीलाई आर्थिक सहयोग गरिने

नेपाली संस्कृतिमा हास्यव्यंग चाडको रूपमा रहेको गाईजात्रा (सायाः) को अवसरमा झीगु सः र सुकुन्दा फिल्मस्को संयुक्त आयोजनामा सायाः नखः गरिने भएको छ ।
आउँदो भदौ ४ गते ज्यापुप्रज्ञा भवनमा हुने सो कार्यक्रमबाट संकलित रकमबाट गायक तथा संगीतकार सुमन कपालीलाई आर्थिक सहयोग प्रदान गरिने भएको छ ।
कार्यक्रममा स्वागत गर्नुहुँदै झीगु सःका संरक्षक एवम् वरिष्ठ चलचित्र पत्रकार विजयरत्न असंबरेले मल्लकालदेखि नै नेवार समाजमा हास्यब्यंगको प्रचलन रहेको उल्लेख गर्नुभयो ।
उहाँले नेपालभाषा क्षेत्रमा पद्मरत्न तुलाधर, श्रीकृष्ण अणु, रामशेखर नकर्मी जस्ता महान हस्ती विदा भइसकेको र गणेश सायमी, राजेन्द्र शाक्य , मदनकृष्ण श्रेष्ठ जस्ता कलाकार अझै पनि हामी माझ रहे पनि रंगमञ्च क्षेत्र अहिले निस्क्रिय प्राय रहेकोमा यस कार्यक्रमले नयाँ पाइला सार्ने विश्वास व्यक्त गर्नुभयो ।
रेडियो झीगु सःका संयोजक राजुराजदेव बज्राचार्यले प्रेस विज्ञप्ति वाचन गर्नुहुँदै कार्यक्रम सफल पार्न सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।


कार्यक्रममा शुभकामना मन्तब्य राख्नुहुँदै ख्यालः नेवारहरूको मौलिक परम्परा भएकोले यसको संरक्षण र संवर्ध्दन गर्ने दायित्व पनि नेवार कलाकारहरूको रहेको उल्लेख गर्नुभयो । उहाँले कलाकार परिषद्बाट पनि विगतमा सायाः नखः आयोजना गरेको भएता पनि यस्तो कार्यक्रम निरन्तर संचालन गर्न कठिन रहेको अनुभव आफूलाई रहेको बताउँदै यो कार्यक्रम निरन्तरता पाओस् भन्ने कामना गर्नुभयो ।


ललितपुर महानगरपालिका १६ वडाका अध्यक्ष निर्मलरत्न शाक्यले आफ्नो बाल्यकालमा संगीत सम्मेलन, खःप्याखं आदि हेर्ने गरे पनि अहिले सो लोप जस्तै भइसकेको बताउनु  भयो । काम गर्नेलाई हौसला दिँनआवश्यक भएको बताउँदै वडाबाट पनि सहयोग गर्ने वचन दिनु भयो।
कार्यक्रममा पत्रकारहरुको प्रश्नको जवाफ दिनु हुँदै संरक्षण असंबरेले टिकटको मूल्य १००० र ३०० गरी दुई किसिमको टिकट रहेको बताउनुभयो ।
ख्यालःका लागि नेपालभाषाका कलाकारहरूलाई आह्वान गरीसकेको बताउनुभयो ।

नेवाः सवाःमा भएकाे साे कार्यक्रममा  आजै मात्र उद्घाटित रेष्टुरेन्टकी संचालिका कलाकार सलाेना बज्राचार्यलाइ शुभकामना स्वरूप खादा अाेढाइएकाे थियाे ।
कलाकार सुमन कपालिलाई क्यान्सर रहेको र साउन १९ गते अपरेशन गरिने भएकोले १० हजार सहयोग सो दिन अगावै प्रदान गर्ने र कार्यक्रम पश्चात पनि सहयोग गर्ने बताउनु भयो। कलाकार कपालीलाई सहयोग गर्न चाहनेले आयोजकसँग सम्पर्क गरेमा जसरी सहयोग प्रदान गर्नुभएको हो त्यसरी नै पुर्याई दिने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध