न्हूघःकाे कृष्ण मन्दिर पुनःनिर्माण गरिँदै

सांस्कृतिक सम्पदाले पूर्ण न्हूघः (जैशिदेवल)अवस्थित श्रीकृष्णको मन्दिर पनि सम्पदाको दृष्टिकोणले महत्वपूर्ण छ । भूकम्पका कारण जीर्ण अवस्थामा रहेको श्रीकृष्णको मन्दिर अहिले पुनःनिर्माणको चरणमा रहेको छ ।

यसै क्रममा ने.सं. ११४२ दिल्लागाः द्वादशी (श्रावण ९ गते) सोमवारका दिन मन्दिर पुनःनिर्माणको शिलान्यास गरिएको छ । कामपाको आर्थिक सहयोगमा निर्माण गरिन लागिएको मन्दिरको शिलान्यासमा पूर्वमेयर विद्यासुन्दर शाक्य प्रमुख अतिथिको रुपमा उपस्थित हुनु भएको थियो ।

५३ लाख ३० हजार दुई सय ४६ रुपैयाँ २१ पैसा लागत इष्टिमेट रहेको मन्दिर निर्माणमा कामपाबाट ५० लाख ६३ हजार सात सय ३३ रुपैया ९० पैसा अनुदान स्वरुप प्राप्त हुने र बाँकि दुई लाख ६६ हजार पाँच सय १२ रुपैयाँ ३१ पैसाका लागि जनसहभागिता जुटाइने भएको छ ।

मन्दिरको लागि पाँच हजार भन्दा बढी आर्थिक सहयोग गर्नेको नाम शिलापत्रमा राखिने उपभोक्ता समितिले जनाएको छ ।

शिलान्यास कार्यक्रममा कामपा २१ वडाका अध्यक्ष उदय चुडामणि बज्राचार्य, जैशीदेवल यूथ क्लबका अध्यक्ष राजेश प्रजापति लगायत स्थानीय बासिन्दाहरूकाे उपस्थिति रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध