देय् दबूलाई नेवाः अधिकार सिरपा

नेवार राष्ट्रिय संगठन नेवाः देय् दबूलाई नेवार हक अधिकारका लागि क्रियाशील संस्था वा व्यक्तिलाई प्रदान गरिने नेवाः अधिकार सिरपा एक कार्यक्रमका बीच प्रदान गरिएको छ ।
फाेटाे ः दिब्य रत्न महर्जन
पुरस्कार ग्रहण पछि आफ्नो मन्तव्य राख्दै नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्यले नेवाः देय् दबूलाई आजको अवस्थामा ल्याउन सहयोग गर्ने र सम्पूर्ण नेवारको भएको बताउनुभयो ।
उहाँले राज्यसत्ताबाट भाषा, संस्कृतिमा भएको दमनको विरोध गर्दागर्दै पनि नेवारहरु झन झन पछाडि पर्दै गएकोमा दुःख लागेको बताउनु भयो । मल्ल के सुन्दर दबूको अध्यक्ष भएको समयदेखि नै नेवाः अधिकारको लागि अगाडि बढ्नु पर्छ भन्ने धारणा अनुरुप नेवाः देय् दबू अगाडि बढेको बताउनुभयो ।
कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि जनकवि दुर्गालाल श्रेष्ठले आज समय परिवर्तनको लागि आतुर भइसकेको बताउनुभयो ।
उहाँले डा. महेशमान श्रेष्ठले आफू मात्र नेवार अधिकारको प्राप्तिका लागि नपुगेर यस दिशामा अग्रसर बनाउन पुरस्कार नै स्थापना गरेर अतुलनीय कार्य गरेको बताउनु भयो ।
सिरपा समितिका अध्यक्ष डा. महेशमान श्रेष्ठको सभापतित्वमा जनकवि दुर्गालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सो पुरस्कार प्रदान गरिएको हो ।
समितिका सदस्य शाक्य सुरेनले स्वागत गर्नुभएको सो कार्यक्रममा दबूलाई किन पुरस्कार प्रदान गरियो भन्ने बारे पुरस्कार छनौट समितिका संयोजक डा. पुष्प राज राजकणिर्कारले प्रकाश पारेको थियोे ।
सभालाई सम्बोधन गर्दै डा. राजकर्णिकारले देय् दबू स्थापनाका समयमा विभिन्न संस्थाको छाता संगठनको रुपमा स्थापित भएको भएतापनि ११२५ मा भएको चौथो महाधिवेशनबाट नेवार हक अधिकार र स्वायत्त शासनको अधिकारको लागि काम गर्दै आएको र देशैभर नेवार भावना प्रवर्द्धन गरेकोेले नेवाः देय् दबूलाई यो पुरस्कार प्रदान गर्ने निर्णयमा पुगेको बताउनु भयो ।
समितिका सदस्य डा. मनोजमान श्रेष्ठले धन्यवाद ज्ञापन गरेको कार्यक्रम समितिका सदस्य सुरेश मानन्धरले संचालन  गर्नुभएको थियोे ।
कार्यक्रममा समापन मन्तव्य राख्दै डा. महेशमान श्रेष्ठले आफ्नो विवाह भएको ५० वर्ष पुगेको अवसरमा अक्षयकोष स्थापना गरी यो पुरस्कार प्रदान गरिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध