स्वागत तथा शुभकामना कार्यक्रम

१८ वडा टोल सुधार समिति भवन रहेको रक्तकाली मन्दिर परिसरमा समितिको ३० वार्षिकोत्सवका अवसरमा शुभकामना आदानप्रदान तथा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।
समितिका सदस्य सरोजकुमार श्रेष्ठको संयोजकत्वमा भएको सो कार्यक्रममा नयाँ वर्ष २०७९ को शुभकामना व्यक्त गर्नुका साथै हालै मात्र महानगरीय प्रहरी वृत्त जनसेवामा नियुक्त भएर आएका प्र.ना.उ. शालिग्राम शर्मा पौडेललाई स्वागत तथा सरुवा भएर गएका प्र.ना.उ. दिलबहादुर मल्ललाई विदाई गरिएको छ ।
१८ वडा टोल सुधार समितिका अध्यक्ष महेन्द्र शाहीको सभापतित्वमा भएको यस कार्यक्रममा संस्थापक उपाध्यक्ष एवम् प्रमुख सल्लाहकार दिलिप शाक्यको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै प्र.ना.उ. दिलबहादुर मल्लले १८ वडामा रहेको समस्यालाई उद्धृत गर्दै यस्ता समस्याहरु दोहरिन नदिन नवनियुक्त प्र.ना.उ. शर्माले महत्वपूर्ण भूमिका खेल्दै कडा निगरानी गराउनु पर्नेमा जोड दिनु भयो ।
यसैगरी नवागन्तुक प्र.ना.उ. शर्माले मन्तव्यमा यस कार्यक्रमबाट आफूले सहयोगीहरु प्राप्त भएको र समितिसँग सहकार्य गर्दै वडामा रहेका समस्याहरु समाधान गर्नका लागि अग्रसर हुने बताउनुभयो ।
प्रमुख अतिथि शाक्यले सामाजिक संस्था राजनीतिक भावनाबाट मुक्त हुनुपर्नेमा जोड दिनु हुँदै १८ वडा टोल सुधार समितिमा मात्र होइन अन्य कुनै पनि संस्थामा प्रवेश गरेका सदस्यहरुले राजनीतिक पार्टीहरुलाई बाहिर नै त्याग गरी प्रवेश गर्नुपर्नेमा जोड दिँदै निस्वार्थ भावनाले संस्था संचालन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रम संयोजक श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत गर्नुहुँदै नवनियुक्त प्रनाउसँग परिचयात्मक कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा सरुवा भएर जानु भएको प्रनाउ मल्ललाई कदरपत्र तथा मायाको चिनो हस्तान्तरण गर्नुका साथै सो कार्यक्रम सफल पार्नका लागि सहयोग गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध