काठमाडौंको मेयरमा तीर्थराम डंगोलको चर्चा

स्थानीय चुनाव अगाडि आएसँगै विभिन्न पार्टी र स्वतन्त्र रुपमा समेत उम्मेदवारहरुको चर्चा चुलिन थालेको छ । यस क्रममा काठमाडौंमा नेपाली काँग्रेसबाट पूर्वराज्यमन्त्रीसमेत रहीसक्नु भएका तीर्थराम डंगोल मेयर पदको प्रमुख दावेदारका रुपमा अगाडि आएका छन् ।
निरंकुश पंचायती व्यवस्थाको विरोधमा भएको जनआन्दोलनमा सहभागी हुनुका साथै तत्कालिन काठमाडौं नगरपालिकाको उपप्रधानपञ्च भएर काठमाडौंको विकास निर्माणमा योगदान पु¥याउनु भएका डंगोलले स्वास्थ्य राज्यमन्त्रीका रुपमा समेत जिम्मेवारी निर्वाह गरी सक्नु भएको छ ।
तेज तीर्थ ट्रष्टको स्थापना गरेर समाजसेवामा समेत सक्रिय रहनु भएका उहाँ पंचायतकालका त्यागी नेताको रुपमा परिचित हुनुहुन्छ ।
ज्यापु संस्कृति विकास कोषको संरक्षक पदमा रहेर ज्यापु जातिको सांस्कृतिक विकासको लागि योगदान पु¥याउनु भएका उहाँको काठमाडौंका नेवार जातिको अग्रज नेताको रुपमा सर्वमान्य हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध