काठमाडौँ महानगरबाट १५ ओटा शववाहन हस्तान्तरण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १ करोड ८० लाख मूल्य बराबरका ह्वील स्ट्रेचरसहितका १५ ओटा शववाहन विभिन्न अस्पताल र नगरपालिकालाई एक साथ हस्तान्तरण गरेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बिहीवार ती शववहानको साँचो हस्तान्तरण गर्नुभएको हो ।
साँचो हस्तान्तरणपछि सम्वोधन गर्दै प्रमुख शाक्यले यस अघि पनि सामूदायिक, सरकारी र नीजि अस्पताललाई सहयोग गर्दै आएको स्मरण गराउनुभयो । ‘काठमाडौँ महानगरपालिका आफैँले शववहान सञ्चालन गर्नुपर्छ भन्नेहरु पनि छन् तर काठमाडौँ महानगरलाई नाम भन्दा काम चाहिएको छ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘हामीले सहकार्यको हात बढाउँदै आज शववहान हस्तान्तरण गर्दै हाम्रो दायित्व पूरा गरेका छौँ । अब तपाईँहरुले महानगर र उपत्यकावासीको अपेक्षा गरे अनुसार यी शववहानको प्रयोग गर्नुहोला ।’
उहाँले कोभिडका बेला पनि महानगरपालिकाले विभिन्न अस्पतालहरुसँग सहकार्य गरेर भेण्टिलेटरलगायतका उपकरण सहयोग गरेको स्मरण गराउनुभयो । ‘कोभिड महामारी सबैको साझा समस्याका रुपमा देखा पर्यो,’ उहाँले भन्नुभयो, ‘त्यो साझा समस्यासँग लड्न काठमाडौँ महानगरपालिकाले आफ्नो ठाउँबाट सक्दो सहयोग गरेको स्मरण गराउन चाहन्छु । उहाँले सबैको साझा प्रयास भयो भने जनतामा आउने नैरश्यतालाई सकेसम्म निर्मूल नभए पनि धेरै हदसम्म कम गर्न र उत्साह थप्न सकिने बताउनुभयो ।

उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पनि यसरी सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाले एकै पटक क्षत्रपाटी निशुल्क चिकित्सालय, नेपाल एपीएफ अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, मनमोहन मेमोरियल अस्पताल, गणेशमान सिंह मेमोरियल अस्पताल, सूर्य विनायक नगरपालिका, गोदावरी नगरपालिका, भक्तपुर क्यान्सर अस्पताल, भद्रपुर नगरपालिकालगायतलाई शववाहन हस्तान्तरण गरेको हो ।

महानगरपालिकाले दिएको जानकारी अनुसार ती प्रत्येक शववहानको मूल्य करिब १२ लाख ४ हजार परेको छ । सम्झौता अनुसार ती शववाहनले उपत्यका भित्र निःशुल्क सेवा प्रवाह गर्नुपर्ने छ ।

काठमाडौँ महानगरपालिकाले १५ शववहान मध्ये नेपाल एपीएफ र त्रिवि शिक्षण अस्पताललाई भने दुई–दुई ओटा हस्तान्तरण गरेको हो । प्रमुख शाक्यले हस्तान्तरण गरेको शववहानको साँचो ग्रहण गर्दै एपीएफ अस्पतालका प्रमुख डाक्टर रुपक महर्जनले महानगरपालिकाले दिएका शववहानको दुरुपयोग हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Ambulance 4
previous arrow
next arrow

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध