ज्यापु महागुथि नेपाःको भवन शिलान्यास सम्पन्न

काठमाण्डौका आदिवासी ज्यापु जातिको राष्ट्रिय संगठन ज्यापु महागुथि नेपाःको आफ्नै भवन ज्यापु देय् छेँ को आज शिलान्यास सम्पन्न भएको छ ।
काठमाण्डौ महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण गर्न लागेको सो भवनका लागि महानगरका मेयर विद्या सुन्दर शाक्यले शिलान्यास गर्नुभएको हो ।
शिलान्यास कार्यक्रमलाई संवोधन गर्नुहुँदै मेयर शाक्यले ज्यापु हरु काठमाण्डौको सांस्कृतिक सम्पदा जोगाउने कार्यक्रम अनवरत र अथक रुपमा लागिरहेको वताउनु हुँदै आफु निर्वाचित भएकै समयमा काठमाण्डौका संस्कृतिक सम्पदाहरुको निर्माण तथा पुन निर्माणका लागि महानगर पालिकाले सहयोग गर्ने वचन दिएको तर महानगरले वनाइदिएपछि स्वामित्व पनि उसैले लिने हो कि भन्ने भ्रमका कारण मानिसहरु सहयोग लिनको लागि अगाडि नआाएको तर पछि केहि स्थानमा वनेपछि पनि राजनैतिक पूर्वाग्रहका कारण सम्पदा निर्माणमा ढिलासुस्ति गरेकोमा दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो “ज्यापु जातिले वजाउने धिमे बाजा आज ज्यापु जातिको मात्र नभइ सिंगो राष्ट्रकै सम्पत्ति भइसकेको छ । यस्तै परम्परागत टोलहरुले संचालन गर्दै आएको जात्रापर्व पनि राष्ट्रिय पर्वको रपमा परिचित हुँदै गएका छन् । तर त्यस्को संरक्ष्गण सम्वधनका लागि राखिएको जग्गा जमिन एवं गुठि घरहरु हाल जिर्ण अवस्थामा रहेपछि महानगर कै दायित्वको रुपमा यि सम्पदाको संरक्षण गरिनु पर्छ भन्ने अवधारणाका साथ म अगाडि बढेको छु । सुरुमा अविश्वास भएपनि आज धेरै ठाउँमा सम्पदा निर्माण एवं पुन निर्माणहरु भैसकेका र भइरहेका छन् ।”


ज्यापु महागुथिको भवन निर्माणको सन्दर्भ कोट्याउँदै मेयर शाक्यले भन्नुभयो, “हामी हाम्रो कार्यकालको अन्तिम समयमा आइपुगेका छौ । यस्तो अवस्थामा ज्यापु महागुथिको भवन निर्माणका लागि सम्झौताभएको छ । यो कार्यान्वयन होला कि नहोला भनेर शंका गर्नुपर्ने ठाउँ छैन । यो संस्थागत निर्णय हो एक पटक सम्झौता भइसकेपछि त्यसले निरन्तरता पाउछ । त्यसैले हतार नगरिकन भवनलाई मजबुत हुने किसिमले बनाउनु पर्छ । भवन निर्माण गर्दा मापदण्ड अनुरुप निर्माण गरेमा कुनै किसिमको समस्या हुने छैन ।”
कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै ज्यापु महागुथि नेपाःका अध्यक्ष लोक कवि राजभाइ जकमिले काठमाण्डौ महानगरपालिकाले भवन बनाइदिन्छु भन्ने वचन पहिले नै दिएको भएपनि जग्गा नभएका कारण बनाउन नसकेको र जग्गाका लागि विभिन्न सरकारी तथा गैर सरकारी निकायमा पहल गर्दा सफल हुन नसकेपछि अन्तिम समयमा सदस्यहरु मिलेर जग्गा बैलोचन तिर्थ स्थित साढे तिन आना जग्गा चमति जग्गा एकिकरण आयोजनामा टेण्डर द्वारा खरिद गर्न सफल भएको बताउनु भयो । उहाँले यसरी प्राप्त जग्गामा भवन निर्माणका लागि काठमाण्डौ भहानगर पालिकाबाट दुइ करोड आर्थिक सहयोग प्रदान गर्न लागेको जानकारी दिनु भयो ।
सोहि कार्यक्रममा सम्वोधन गर्नुहुँदै काठमाण्डौ महानगर प्रवत्ता तथा कामपा १५ वडाका अध्यक्ष ईश्वर मान डंगोलले आफ्नै वडामा ज्यापु महागुथि नेपाःको ज्यापु देय् छेँ निर्माण हुन लागेकोमा खुसि व्यक्त गनुृभयो । उहाँले संस्कृतिक संरसक्षणका लागि काठमाण्डौ महानगर पालिकाले विभिन्न भौतिक निर्माणका कार्यहरु अगाडि बढाएको र अहिले यि विभिन्न बाजागाजा संरक्षणका लागि आर्थिक सहयोग प्रदान गर्दै आएको जानकारी गराउँदै जात्रा पर्व संचालनमा महत्व पूर्ण भूमिका निर्वाह गर्ने गुठिहरुको संरक्षणकालागि समेत अक्षय कोषको व्यवस्था गर्नुपर्ने वताउनु भयो ।
काठमाडांैको ३२ टोल मध्ये किलाघः टोलको ठकाली मोतिकाजि महर्जनले पुजा गरि मेयर शाक्यले भवनको शिलान्यास गर्नुभएको हो । शिलान्यासमा औपचारिक कार्यक्रमको संचालन ज्यापु महागुथि नेपाःका महासचिव मचाराजा महर्जनले गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध