भुरूङ्गखेल उत्सवसँगै क्लब भवन उद्घाटन

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यही मंसिर ३ गते भुरूङ्गखेल उत्सवसँगै क्लबको भवन उद्घाटन गर्नुभएको छ । क्लब भवनको तेस्रो तल्ला थप गर्न र बाहिरी आवरण सौन्दर्यीकरण गर्न महानगरपालिकाले सहयोग गरेको थियो ।
बुराँख्यः ल्याय्म्ह पुचःको आयोजनामा स्थानीय उद्यमी प्रबद्र्धनार्थ विशेष सांस्कृतिक कार्यक्रमको मेयर शाक्यले पानसमा दियो बालेर समुद्घाटन गर्नुभएको हो ।
काठमाडौं महानगरपालिकाको सहयोगमा स्थानीय उद्यमी प्रवद्र्धन भन्ने मुल नाराका साथ सुरू भएको उक्त कार्यक्रममा कामपा कार्यकारी प्रमुख राजेश्वर ज्ञवालीका साथमा १८ वडाका अध्यक्ष न्हुछेकाजी महर्जन, सदस्य हेराशोभा महर्जन, ज्ञानज्योति शाक्यलगायत स्थानीयहरूको सहभागिता रहेको थियो ।
सांस्कृतिक कार्यक्रमसँगै फुड स्टल, स्थानीय उद्यमीहरूले तयार पारेका कपडा, धातुका बस्तु तथा विभिन्न झाँकीहरू मेलामा प्रदर्शनीमा राखिएका थिए ।
कार्यक्रममा क्लबका अध्यक्ष बिजु श्रेष्ठले महानगरका मेयर शाक्य तथा कार्यकारी प्रमुख ज्ञवालीलाइ मायाको चिनो प्रदान गर्नुभएको थियो ।
उत्सवमा ३ दशकभन्दा बढी समय संगीत क्षेत्रमा क्रियाशील फ्युजन गिटारिष्ट, संगीतकार तथा गायक द सुल्तान अफ स्ट्रीङ अनिल शाहीको नेतृत्वमा विभिन्न कलाकार, गायक र व्यान्डले आफ्नो प्रस्तुति दिएका थिए साथै क्लबका अध्यक्ष विजु श्रेष्ठले लोकप्रिय गायक समुन्द्र श्रेष्ठसँग गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा अनिल शाहीका गुरु धर्मेन्द्र शाहीले पनि गीत प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध