मानव बेचविखन रोकथाम गर्न सचेतना अभिवृद्धि तथा महिला सशक्तिकरण सम्बन्धी अभिमुखीकरण

महिलाहरुले विशेष महत्वका साथ मनाउने हरितालिका तीज पर्वका अवसरमा राष्ट्रिय सभा गृहमा काठमाडौँ महानगरले भाद्र २३ गते मानव बेचविखन रोकथाम गर्न सचेतना अभिवृद्धि तथा महिला ससक्तिकरण सम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, काठमाडौँ महानगरमा मानव ओसारपसारलाई नयाँ स्वरुपमा प्रयोग गरिएकोले यसप्रति आफू सचेत भएको बताए । परम्परागत रुपमा चलेका चलनको बैज्ञानिक पक्ष र त्यसको मर्म बुझेर नराम्रा कुरा छोड्नु पर्ने उनको भनाइ थियो । महिलामा भएको क्षमता, सहास र आँटलाई प्रयोग गरेर राजनीतिक नेतृत्वमा जान प्रयत्न गर्नुपर्ने र महिलाहरुलाई सशक्तिकरणमार्फत माथिल्ला ठाउँमा पुग्ने प्रेरणा जगाउनु पर्ने उनले बताए ।
त्यस क्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले, सचेत समाज पनि मानव बेचबिखनका घटना देखिने बताउँदै शिक्षा र चेतनाको उचित ठाउँमा प्रयोग हुनुपर्ने बताए ।
सोहि कार्यक्रममा कार्यपालिका सदस्य हीरादेवी पोखरेलले, संस्कारका जीवनउपयोगी प्रयोग उदाहरणीय रहेको उल्लेख गरे ।
त्यसै क्रममा शान्ता ढकालले तीज पर्व र महिलाको सवाल मानिसका सामाजिक आचरण, विचार र दृष्टिकोण धर्म र परम्परासँग जोडिएका हुनाले समय र परिवर्तनसँग नमिल्ने त्यस्ता धारणा त्याग गर्नुपर्ने उनको भनाइ थियो । धर्म, प्रथा, प्रचलनले जातीय, भाषिक, जातीय र लैङ्गिक विभेद बढाउँछन् भने त्यस्ता चलनलाई रुपान्तरण गर्ने सहास राख्नुपर्ने उनको सुझाव थियो । कार्यक्रममा महिला कर्मचारी र महिला जनप्रतिनिधिहरु सहभागी थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध