हस्तकला डिजाइनिङ प्रतियोगिताका बिजेता घोषणा

नेपाल हस्तकला महासंघले हस्तकला डिजाइनिङ प्रतियोगिताका बिजेता घोषणा गरेको छ ।
हस्तकलाको ब्यवसायिक संरक्षण र प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाईनर्स एसोसिएसन अफ नेपाल (आइडिया नेपाल)द्वारा आयोजित प्रतियोगितामा रविना श्रेष्ठ, रोशन ठाकुर र निलिमा प्रधान क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । बिजेताहरुलाई महासंघले नगद पुरस्कारका साथै इन्टेरियर डिजाइनिङ हस्तकला अवार्डबाट सम्मानित गरेको छ ।
भाद्र २० गते आइतबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादव प्रसाद कोइरालाले अवार्ड प्रदान गरेको कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी र ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्याललगायतको उपस्थिति रहेको थियो ।
हस्तकला वर्ष २०२१ का संयोजक तथा महासंघ उपाध्यक्ष रवीन्द्र शाक्यले प्रतियोगिताका लागि स्टार मार्वल एण्ड सेनेटरी तथा ग्लोवल आइएमइ बैंकको पनि सहयोग रहेको बताए ।
हस्तकलाको ब्यवसायिक संरक्षण र प्रवद्र्धनका लागि महासंघ र आइडिया नेपालबीच गत महिना सहकार्य गर्ने सझौता भएको थियो । सम्झौताअनुसार इन्टेरिएर डिजाइनिङका विद्यार्थीबीच हस्तकला डिजाइनिङ प्रतियोगिता आयोजना गरिएको र आइडिया नेपालकी अध्यक्ष बिन्द्रा कक्षपति प्रधानले बताए ।
नेपाली हस्तकलालाई समयअनुसार परिमार्जन गर्दै जाने उद्देश्यका साथ हस्तकला वर्ष २०२१ को अवसरमा हस्तकलाको प्रवद्र्धनात्मक अभियान अनुसार नै दुबै संस्थाबीच सहकार्यका लागि उक्त सम्झौता भएको होे । यस्ता कार्यक्रमहरुले विश्वव्यापी कोरोनाका कारण हस्तकला निर्यात प्रभावित भइरहेको सन्दर्भमा नेपाली हस्तकला बजारलाई चलायनमान बनाउने कार्यमा सघाउ पु¥याउने महासंघको अपेक्षा रहेको छ ।
आठ लाखभन्दा बढीलाई रोजगारीका साथै निर्यात र आन्तरिक बजारसमेत गरी वार्षिकरुपमा झण्डै २० अर्ब रुपैयाँ बराबरको हस्तकलाको कारोबार हुने गरेकोमा कोरोनाका कारण निर्यात र आन्तरिक बजार दुबै खस्किएको छ । निर्यात व्यापारको मेरुदण्डका रुपमा रहेको हस्तकलालाई पुनरजीवन महासंघले तीनवटै तहका सरकारसँगको सहकार्यमा जोड दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध