अमेरिकामा लोककवि जकःमिको योगदानको कदर

अमेरिकामा नेवार जाति, भाषा, संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने प्रमुख उद्देश्यका साथ करिब ३० वर्ष अगाडि मेरिल्याण्डमा स्थापना गरिएको नेपाः पासा पुचः अमेरिकाले लोककवि राजभाइ जकःमिलाई गत अगस्ट २८ का दिन गाईजात्रा पर्व मनाउने क्रममा सम्मान गरिएको छ ।
वनभोजको आयोजना गरेर त्यहाँको ह्वय्टन रिजनल पार्कमा भएको कार्यक्रममा लोककवि जकःमिले नेवार जाति, भाषा, साहित्य, संगीत र नेतृत्वका क्षेत्रमा चार दशक अगाडिदेखि पु¥याउँदै आएको योगदानलाई सम्मान गर्दैै आयोजक संस्थाका अध्यक्ष राजु जोशीले विशेष कदर पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा लोककवि जकःमिले नेपाः पासा पुचः जस्तो विश्वमै प्रख्यात र पुरानो संस्थाबाट आफू सम्मानित हुन पाउँदा धेरै गौरवान्वित भएको बताए । साथै उनले कार्यक्रममा आधा दर्जन भन्दा बढी बाल कविताहरु सो कार्यक्रममा वाचन गरेका थिए ।
नेपाः पासा पुचःले धेरै वर्ष अगाडिदेखि अमेरिकामा गाईजात्रा पर्व मनाउने गर्दै आएको छ । यसवर्ष यस क्षेत्रमा दिवंगत भएका १२ जना व्यक्तित्वहरुको तस्वीर प्रदर्शन गरेर धाः बाजा बजाएर गाई निकालेर घुमाइएको थियो ।
उपाध्यक्ष मनोहर श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा नेपाः पासा पुचःका संस्थापक अध्यक्ष राम मालाकार, नेवाः अर्गानाइजेशन अफ अमेरिकाका अध्यक्ष यज्ञमान शाक्यका साथै लोककवि जकःमिका श्रीमती भगवति महर्जनको विशेष उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध