सपनीका कुरा

कसले पठाएछ विमान मै उडें यसैमा चढेर
कन्या अघि लाई उकालो चढें जंघारै तरेर !
सानी नानी बोकेकी थिईन घाँसको भारि टिमिक्कै
धड्कन मुटुको झन बढेर आयो बिउझने बितिक्कै !!

सपनी हो या बिपनी अलमलमा परे एकछिन त मै पनि
सयर विमानको उमंग ज्यानको सपनि नै भए नि !
कोल्टे फेर्दै गम्न थालें कहिल्यै पुरा नहुने मेरा यी रहर
सबका सब तल्लिन धमाधम बन्दै छ सपनाको शहर !!

चौतारीमा सुस्ताउँदै उनी त गइन् बाटो यहि हो भनेर
अनायासै बिदाई पल मडारिएरै आयो एक ढिक्का भएर !
छोरी सम्झिनु अघि रूझिसकेछ सिरानी आँसु ती झरेर
बुढा मेरा बा–आमा सम्झाउँदै थियो बिरानो नबनेस् भनेर !!

छोरीको ख्याल राखे है प्यारी भन्दै उडें मै फेरी विमानै मा
सबैको माया संगाली हिडें जिम्मेवारी बोकेर ज्यानैमा !
यसै बेला भित्ताको घडि तीन चोटी बज्यो टिङ् टिङ् टिङ्
टिल्पिलिएका परेली ओभाएकै छैन पखन निदरी एकै छिन !!

कसले पठाएछ विमान मै उडें यसैमा चढेर
कन्या अघि लाई उकालो चढें जंघारै तरेर !
सानी नानी बोकेकी थिईन् घाँसको भारि टिमिक्कै
धड्कन मुटुको झन बढेर आयो बिउझने बितिक्कै !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध