कपाली समाजद्वारा वृक्षाराेपण

कपाली समाज केन्द्रीय कार्य समितिको आयोजनामा गत असार ३० गते बुधवार जोगिंपाको कुश्लेचौरस्थित कपाली समाजको समाधि स्थलमा वृक्षाराेपण गरिएकाे छ ।

समाजका अध्यक्ष सुनिल कपाली तथा गुठीका मूल नाइके एवं समाजका पदेन सल्लाहकारहरूको उपस्थितिमा ५१ वटा बिभिन्न जातका बोट बिरूवाहरू रोपी वृक्षारोपण कार्यक्रम सम्पन्न गरियो ।

सो वृक्षारोपन गर्नका लागि वन तथा भू संरक्षण विभाग हात्तीसार डिभीजन कार्यालयबाट विभिन्न जातका वोटविरुवाका उपलव्ध गराउनुका साथै समाजका सदस्यहरुबाट उपलब्ध गराईएकाे रोपन गरिएको थियो ।

कार्यक्रममा समाजका केन्द्रिय अध्यक्ष सुनिल कपालीद्वारा वृक्षारोपन शुभारम्भ गरिएको थियो । कार्यक्रम संचालन समाजको केन्द्रीय महा-सचिव नबिन कुमार कपालीले गरेकाे थियाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध