सुरजवीर बज्राचार्यको ‘हाकुमैंचा’ सार्वजनिक

लोकार्पण कार्यक्रममा रचनाकार तथा गायक सुरजवीर बज्राचार्यले प्यारोडी गीतका रुपमा सृजित ‘हाकु मैंचा’ले आफ्नो मौलिक रुप पाएको उल्लेख गर्दै संगीतकार जुगल डंगोलको साथले नवरुप प्राप्त गर्न सफल भएको बताए ।
‘हाकुमैंचा’ म्यूजिक भिडियो बालमुकुण्ड प्रजापतिको निर्देशनमा तयार भएको छ भने देवेन्द्र प्रजापतिको छायाँकन एवं सम्पादन रहेको छ ।
नेपाल सांस्कृतिक उत्थान परिषद्को व्यानरमा तयार भएको म्यूजिक भिडियोको मुख्य भूमिकामा अनु खड्का, रमेश बल्ल तथा आशाराम शिल्पकार छन् भने कलाकारहरु डेरिका छन्त्याल, आरती भासिमा, अस्मिता मानन्धर, लिजा तथा निशा प्रजापतिको समेत साथ रहेको छ । दिपक बज्राचार्य र सागर बनमालाको संयुक्त कोरियोग्राफी, आशा तामाङको श्रृंगार रहेको यस म्यूजिक भिडियो निर्माणमा महेशप्रकाश हाडाले ब्यवस्थापन गर्नुभएको हो ।
हामी दुई किनार, अस्वीकृत माया, ग्यानापु स्टाइल, बुदिंया भिंतुना लगायत गीतबाट चर्चा कमाउनु भएका बज्राचार्यले ‘तसकं यःम्ह’ गीतबाट सर्वोत्कृष्ट गायक नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड’ र अन्तर क्याम्पस गीत प्रतिस्पर्धामा समेत सर्वोत्कृष्ट गायकको अवार्ड जितिसक्नु भएको छ । गायक तथा रचनाकार बज्राचार्य नेवाः पत्रकार राष्ट्रिय दबूको केन्द्रीय अध्यक्ष पनि हुन् ।
गीतकाे लिंक https://youtu.be/8JdBinE92JM








