फाेटाे : अद्वितीय महर्जन

मायाको परिभाषा सार्वजनिक

विभेद अन्त्य गर्न माया चाहिन्छ । मायाले जातभात, धर्म, सँस्कृति र धनी गरिब चिन्दैन । मायाबाट मात्र समाजको विभेद अन्त्य सम्भव छ भन्ने स्पष्ट सन्देश सहित ‘मायाको परिभाषा’ बोलको गीत सार्वजनिक गरिएको छ ।
संचारकर्मी प्रज्वल शाक्य र बन्दना खड्काले ‘मायाको परिभाषा’ सोधेका छन् । उनीहरुले गीतमार्फत् मायाको परिभाषा बताउन आग्रह गरेका हुन् ।
शुक्रबार साँझ युट्युबमार्फत् सार्वजनिक भएको यस गीतका सर्जक भने अर्का सञ्चारकर्मी राजकुमार रायमाझी हुन ।
रेडियो उपत्यकाका यी तीन जना सञ्चारकर्मीको प्रस्तुतिको रुपमा गीत सार्वजनिक भएको हो ।
प्रतीश शाक्य, प्रयुक्ता केसी, बिगेन तुलाधर, सरला सिलवाल, किरोज स्थापित, सुशील बज्राचार्य, स्नेहा बज्राचार्य र अम्बिका राईमाथि गीत छायांकन भएको छ ।
धनी घरकी छोरीलाई त्यहि घरको काम गर्नेकी छोराले माया गर्दा के हुँदो रहेछ ? समाजमा कसरी भेदभाव मौलाइरहेको छ, सुक्ष्म तवरमा अन्यायले कसरी प्रश्रय पाइरहेको छ, यस गीतको भिडियोमा देखाउन खोजिएको छ ।
गीति कथा नै प्रस्तुत गरिएको यस गीतको भिडियोमा काठमाडौं आसपासका क्षेत्रमा छायांकन गरिएको छ ।
गीतमा लक्षुप्रकाश मल्लले संगीत भरेका छन् । गायक शाक्यकै निर्देशन रहेको यस म्यूजिकल फिल्ममा सहनिर्देशन तथा नृत्य निर्देशन आराध्य लक्ष्मी खड्गीले गरेकी हुन भने छायाँकन र सम्पादन सोहन मानन्धरको रहेकाे छ ।
रेडियो उपत्यका ८७.६ मेगाहर्ज सन्चालन गरिरहेको युगवाणी मिडिया नेटवर्कका अध्यक्ष पुष्पराज पराजुली को सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल प्रमूख अतिथिका रुपमा रहनु भएको थियो ।
सो कार्यक्रममा विशेष अतिथिका रुपमा पूर्व राज्य मन्त्री तिर्थ राम डंगोल हुनुहुन्थ्यो भने अतिथिमा वरिष्ठ चलचित्र पत्रकार विजयरत्न तुलाधर असंबरे रहनु भएको थियो ।
त्यस्तै कार्यक्रममा नेटवर्कका कार्यकारी सल्लाहकार कृष्ण के सि, कार्यकारी निर्देशक सुरेश आचार्य अतिथिको रुपमा रहनु भएको थियो ।
काठमाडौंको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको जास्मिन फिटनेस एण्ड स्पामा आयोजित कार्यक्रममा प्रमुख अतिथि पोखरेलले गीतले जातिय विभेदको अन्त्य माया नै रहेको निष्कर्श निकाल्न खोजेको बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध