एनआरएनए युकेको अध्यक्षको घोषणा सभामा नेकपा केपी गुट हावी

एनआरएनए युकेको अध्यक्षको प्रत्याशी रोजिना प्रधानको घोषणा सभामा नेकपा ओली गुटका उपमहासचिव डा मुकन्द बास्तोलाले संचालन गर्नु भएको कार्यक्रममा ओली गुटका नेताहरू हावी भएको छ।

एनआरएन राजनीति बिहिन हुन पर्छ भन्ने तर पार्टीका ब्यक्तिहरूलाई उपस्थित गराउँदै घोषणा गर्दा नेकपा एमाले केपी गुटको उम्मेदवारी घोषणा भए जस्तो थियो। उक्त घोषणा कार्यक्रम प्रवास कमिटीको अध्यक्ष भक्त गुरूंग र रामशरण सिंखडाको ईशारामा संचालन भएको उपस्थित अन्य ब्यक्तिहरूले बताउनु भयो। बेलायती नेपाली समुदायमा बिबादास्पद ब्यक्ति रामशरण सिंखडाको ईशारामा उम्मेदवारी दिएकी रोजिना आफै र आफ्नो श्रीमान् हिराधन राई दुबै समाजमा बिबादस्पद ब्यक्ती हुन्।

आर्थिक विषयमा रोजिनाको विगत पनि विवादास्पद छ । रोजिनाले सञ्चालन गरेको रोजिहिरा फाउण्डेसनको आर्थिक श्रोतका बारेमा लण्डनमा समय समयमा चर्चा हुँदै आएको छ ।

केपी गुटका उपमहासचिव डा बास्तोलाले प्रवासी नेपाली एकता मन्चका अध्यक्ष राजेन्द्र पुडासैनीलाई आशन ग्रहणको क्रममा मान मर्यादालाई ख्याल नै नगरी समाजसेवी भनेर समेत सम्बोधन गरेका थिए।

उक्त समाजमा कयौं समाजका अभियान्ताहरूले शुभकामना दिन पनि हिचकिचाहट गर्नु भएको देखिएको थियो।

पासा पुच:को समर्थन छ भनेर हल्ला गरिए पनि कार्यक्रममा नेवार समुदायको उपस्थिति न्युन रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध