खाेप कार्यक्रम स्थगित भएकाेमा ध्यानाकर्षण

काठमाडौं महानगरपालिकाले जेष्ठ नागरिकका लागि थालेको भेरोसेलको खोप कार्यक्रम स्थगित गरेकोमा ध्यानाकर्षण गराइएको छ ।
नेकपा (एमाले) १५ वडा कमिटी र राष्ट्रिय यूवा संघ नेपाल १५ वडा समितिका प्रतिनिधिमण्डलले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग आज भेट गरी समितिले गरिरहेका विविध कार्यहरुको जानकारी गराउँदै जेष्ठ नागरिकहरुलाई दिइएको खोप स्थगित गरिएकोमा ध्यानाकर्षण गराएको हो ।
नेकपा एमाले महानगर कमिटीका सदस्य लक्ष्मण शाही, नेकपा एमाले महानगर कमिटीका सदस्य उद्दव खड्गी, नेकपा एमाले महानगर कमिटीका सदस्य सानू रत्न फुबरे, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य क्षेत्र नं ८ का उत्प्रेरक एवं नेकपा एमाले महानगर कमिटीका सदस्य निसार उद्दिनको प्रतिनिधिमण्डलले आज मेयर शाक्यसँग भेटवार्ता गरेको हो ।
भेटका क्रममा नेकपा एमाले महानगर कमिटीका सदस्य लक्ष्मण शाहीले नेकपा एमाले १५ वडा कमिटी एवं राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीले कोभिड–१९को विषम परिस्थितिमा वडाबासीहरुको सुरक्षाको लागि समर्पित भइ गरिरहेको गतिविधि एवं कामपा १५ वडामा खोप केन्द्रमा गरिएको निरीक्षण बारे जानकारी गराएका थिए ।


राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य क्षेत्र नं ८ का उत्प्रेरक एवं नेकपा एमाले महानगर कमिटीका सदस्य निसार उद्दिनले अहिले महानगरद्वारा स्थगित गरिएको जेष्ठ नागरिकहरुको कोभिड–१९ विरुद्धको खोपको विषयमा काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराएको थियो । साथै कोभिड–१९ विरुद्धको खोप स्थगित गरिएको खबरले काठमाडौं महानगरपालिकाका बासिन्दाहरुमा निराशा छाउनुका साथै मनोबल घटदै गईरहेको र यथाशिघ्र कोभिड–१९ विरुद्धको खोप सबैलाई उपलब्ध गराउन अनुरोध गरेको थियो ।
कामपाका मेयर शाक्यले सबै जानकारी प्राप्त भएपछि नेकपा एमाले १५ वडा कमिटी एवं राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीले गरेका कार्यहरुको सराहना गर्दै कोभिड–१९ विरुद्धको खोपको विषयमा काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण भएको बताए ।
उनले कोभिड–१९ विरुद्धको खोपको चाडै नै उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ ।
उनले युवा संघ नेपाल १५ वडा कमिटी द्वारा यस्तो विषम परिस्थितिमा स्वयंसेवक रूपमा परिचालित भएका सम्पुर्णमा धन्यवाद ज्ञापन गर्नुका साथै सुरक्षित भइ अगाडि बढ्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध