बेलायतमा कार्यरत चिकित्सकहरुद्वारा स्वास्थ्य सामग्री सहयोग

बेलायतमा कार्यरत नेपाली चिकित्सकहरुले कोभिड–१९ को दोश्रो लहरका बिरामीहरुको सेवामा दिन रात खतिरहनु भएका स्वास्थ्यकर्मीहरुलाई थोरै भएपनि सहज होस् र बिरामीहरुको सेवामा सहयोग पुग्ने विश्वास सहित स्वास्थ्य सामग्री सहयोगका रुपमा हस्तान्तरण गरेको छ ।
बेलायतमा कार्यरत चिकित्सकहरुको संगठन नेप्लिज डक्टर्स एशोसिएसन (यूके) र च्यारिटि संस्था हेल्थ एक्स्चेन्ज नेपाल (यूके) को सहकार्यमा बेलायतका बिभिन्न अस्पतालहरुबाट सहयोग स्वरुप प्राप्त र बिभिन्न दाताहरुबाट प्राप्त रकमबाट खरिद गरिएको सामानहरु नेपालका विभिन्न अस्पताल, स्वास्थ्य संस्था तथा आइशोलेशन केन्द्रहरुलाई बिहीवार प्रदान गरिएको थियो ।
सहयोग गरिएको सामग्रीहरुमा पीपीई, अक्सिजन कन्सन्टे«सन, सी–प्याप, पीईईपी, फेशमास्क, फेश शिल्ड, एफएफपी–२, मास्क, सर्जिकल मास्क, पञ्जा लगाएत बिभिन्न कोभिड–१९ का लागि आवश्यक सामाग्रीहरु थिए ।
नेप्लिज डक्टर्स एशोसिएसन (यूके)का अध्यक्ष रमेश खोजु र च्यारिटि संस्था हेल्थ एक्स्चेन्ज नेपाल (यूके) का महासचिव सत्यन राजभण्डारीले एक संयुक्त विज्ञप्ति जारी गर्दै शिक्षण अस्पताल महाराजगञ्ज, नेशनल ट्रमा सेण्टर काठमाण्डौ, धुलिखेल अस्पताल, काठमाण्डौ मोडल अस्पताल, त्रिशुली अस्पताल, नेपाल क्रिटिकल डेभलपमेन्ट फाउण्डेशनलाई डाईबिटिज नेपालका अध्यक्ष श्री रोशनकृष्ण न्याछ्यों मार्फत् वितरण गरिएको जानकारी दिएको छ ।
विज्ञप्तिमा भनिएको छ – यस अवस्थामा कोभिड–१९ को बिरामीलाई अक्सिजन दिन प्रयोग हुने महंगो सी–प्याप मेसिनको सत्ता त्यस्तै कार्यको लागि पहिलो लहरमा संसारभरी प्रयोग भएको स्नोर्केल सी–प्याप तयार गरी नेपाल क्रिटिकल डेभलपमेन्ट फाउण्डेशन पुर्‍याएका छौं । भर्खरै राधा स्वामी केन्द्र सामाखुसीका संचालनमा आएको अक्सिजन सहितको आईसोलेसन सेण्टरमा अक्सिजन पुर्‍याउन अमेरिका नेपाल मेडिकल फाउण्डेशन मार्फत २० हजार स्टलिङग पाउण्ड सहयोग पुर्‍याउन मौका दिनु भएकोमा आभारी छौैं ।
विज्ञप्तिमा कोभिड–१९ को रोकथाम र व्यवस्थापन प्रति नेपाल सरकारले गरेको सम्पूर्ण कार्यको लागि आभार प्रकट गरिएको छ ।

UK 8
UK 8
previous arrow
next arrow

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध