भीम तुलाधरको दोष मंगलबार प्रिमियर हुने

लोकप्रिय गायक भीम तुलाधरको स्वर तथा संगीतमा सजिएको म्यूजिक भिडियो दोष मंगलबार यूट्यूबमार्फत् प्रिमियर गरिने भएको छ ।
कोरोनाको दोश्रो लहरका कारण सार्वजनिक रुपमा कार्यक्रम आयोजना गर्न नसकिने भएपछि पप सम्राट ओमविक्रम विष्टले गीतको प्रिमियर जूम एप मार्फत् गर्ने भएका छन् ।
वाइल्ड बुल्स प्रोडक्सनको निर्माण रहेको म्यूजिक भिडियोको निर्देशन रवि साय्मिले गरेका छन् ।
कविन्द्र शाक्य र ओमहरी श्रेष्ठको शब्द रहेको गीतको संगीत संयोजन भुपेन्द्र बज्राचार्यको रहेको छ भने गीतमा सुभ बहादुर सुनामको साक्सोफोन सुन्न पाइने भएको छ ।
आराध्यालक्ष्मी खड्गीको नृत्य निर्देशन रहेको म्यूजिक भिडियोमा खड्गीका साथै निरोज श्रेष्ठको अभिनय रहेको छ भने सोनाली शिल्पकारको श्रृंगार रहेको छ भने भवानी शिलाकारको निर्माण निर्देशन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध