यूट्यूबमा ‘मतिना’

नेपालभाषामा निर्मित लघुचलचित्र मतिना गत बिहीवार यूट्यूबमा रिलिज गरिएको छ ।
धुँदेय् प्रोडक्सनको प्रस्तुति रहेको लघुचलचित्रमा राजी महर्जन, अनु महर्जन, लक्ष्मीकुमार महर्जन, रञ्जना जोशी, मिनाकुमारी महर्जन, चन्दा श्रेष्ठ र रामकृष्ण महर्जन ‘धिनां’को अभिनय रहेको छ ।
श्रीकृष्ण ज्यापुको कथावस्तु रहेको चलचित्रमा जीवन पासाको श्रृंगार रहेको छ । चलचित्रमा रविन्द्र महर्जनको सबटाइटल, मिलन श्रेष्ठको सहनिर्देशन, रामकुमार महर्जनको व्यवस्थापन रहेको छ ।
चलचित्रको छायांकन, सम्पादन तथा मिक्सिङ्ग राजेश शाक्यले गरेका छन् भने पटकथा, सम्वाद र निर्देशन पवन जोशीको रहेको छ ।
लकडाउनको समयमा घरमा बसिरहेका दर्शकहरुलाई मनोरञ्जन दिन यो चलचित्रलाई युट्यूबबाट सार्वजनिक गरेको निर्देशक जोशीले बताएका छन् ।

छुवाछुतकाे ब्याप्त भावना र प्रेमकाे विषयमा चलचित्र केन्द्रित रहेकाे छ ।

चलचित्र हेर्न यहाँ क्लिक गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध