कोभिड १९ बिरुद्धको अभियानलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग
ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनलाई नेपाल र्यापिड एक्सन टास्क फोर्स (एन–आरएटी) समुहका नेपाल राईजिङ्ग, युएसए र गुथिको सहकार्यमा ५ वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन जेठ १२ गते बुधवार हस्तान्तरण गरिएको छ ।
बीइएफओएन्, एसइएन्, एन्फाे, क्रिएसन नेपाल र गुथि संस्थाहरुले कोभिड १९ विरुद्ध लड्न एन–आरएटी समुह गठन गरी अक्सिजन सिलिण्डर र अक्सिजन कन्सन्ट्रेटर मेसिन कोभिड १९ संक्रमित बिरामीलाई उपचार गर्न उपलब्ध गराउने उद्देश्यका साथ विभिन्न अस्पताल र आईसोलेसन सेन्टरहरुमा गरी अहिले सम्म ३० वटा अक्सिजन सिलिण्डर र १० अक्सिजन कन्सन्ट्रेटर मेसिन गरि कुल ४० वटा हस्तान्तरण गरिसकेको जानकारी प्राप्त भएको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अक्सिजन सिलिण्डरको सहयोगका लागि धन्यवाद दिनुहुँदै आइसोलेसन सेन्टरमा रहेका संक्रमितको उपचारका लागि प्रभावकारी हुने भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले यस आइसोलेसन सेन्टरले कोभिड संक्रमितका उपचार गर्दै आएको र अक्सिजन सिलिण्डर जस्तो जीवन बचाउने सामग्रीको सहयोग पाउँदा आफूलाई यस्तो दुःखद समयमा हौसला मिलेको भन्दै सहयोगको लागि कार्यदललाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले आइसोलेसन सेन्टर कोभिड संक्रमित भएकालाई मात्रा नभई अस्पतालबाट डिस्चार्ज भई अक्सिजन चढाउनु पर्ने विरामीहरुलाई पनि महत्वपूर्ण हुने कुरा बताउनु भयो ।
ललितपुर महानगरपालिकामा रहेको बागडोल ज्यापु समाज वृद्ध आश्रम आइसोलेसनमा ७० जना र सुनाकोटी युवाघर आईसोेलेसन सेन्टरमा ५० जना संक्रमितहरुलाई नगरपालिकाले पौष्टिक आहार र मानसिक परामर्श कार्यक्रम गर्दै आएको कुरा ललितपुरका मेयरले भन्नुभयो ।
आज कोभिड महामारीले एक व्यक्ति र एक घरलाई मात्र क्षति नगरि विश्व भरिका जनताहरुमा त्रास र समस्या निम्त्याएको छ । हरेक दिन कोभिड संक्रमणका कारण मृत्युवरण भएको समाचारले समाज, देश मात्र नभई विश्व भरिका मानिसहरुलाई कमजोर बनाईरहेको समयमा अक्सिजन सिलिण्डरको सहयोग गरी मानिसको जीवन बचाउन थोरै भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको कुरा बताउँदै चाडै नै यस्तो भयावह अवस्थाको अन्त्य हुने र विश्वनै सामान्य जीवन तर्फ फर्कनेमा आफू आशावादी भएको धारणा गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले व्यक्त गर्नु हुँदै सबै जनालाई यस्तो मुस्किल समयमा आफ्नो घर भित्रै सुरक्षित बस्न र आफ्नो तर्फबाट सकिने सहयोग देश जनता र आफ्नो समाजका लागि गर्नुहुन अनुरोध गर्नुभयो ।
उहाँले विदेशमा रहेका नेपालीहरुले कोष स्थापना गरि संकलित रकम नेपालमा रहेका कोभिड संक्रमितहरुका लागि अक्सिजन कन्सनट्रेटर मेसिन वितरण गर्न सहयोग गर्नुभएको बारे उहाँले जानकारी दिनुभयो ।
कोभिड १९ बाट संक्रमितहरुको उपचारार्थ अक्सिजन कन्सन्ट्रेसन मेसिनको महत्व बारे ललितपुर महानगरपालिकाका मेयरबाट सुन्न पाउँदा आपूmलाई प्रफुलित तुल्याएको र ललितपुर महानगरपालिकामा रहेका आईसोलेसन सेन्टरहरुमा उपचारार्थ संक्रमितहरुको उपचारमा अनुभवि र विज्ञ चिकित्सकहरुको उपस्थिती देख्दा निक्कै खुसी लागेको कुरा नेपाल राईजीङ्ग नेपाल युएसए का प्रतिनिधि डा. अरबिन जोशीले बताउनुभयो ।
हाल विश्वलाई नै आक्रान्त पारीरहेको कोभिड १९ महामारीबाट नेपाल पनि अछुतो रहन सकेन । नेपालमा पनि दिन दुईगुना रात चौगुनाको रफ्तारमा कोभिड भाईरस एक व्यक्तिबाट अर्कोमा सर्दै गइरहेको छ । यसले बच्चा, बुढा÷बुढी र जवान कोही नभनी आफ्नो उपस्थिती बढाइरहेको छ । अहिले देखा परेको कोभिड १९ को नयाँ भेरियन्ट गत वर्षको भन्दा बढी संक्रमक रहेको छ र यसले मानिसको शरीरमा अक्सिजनको कमि गराई मृत्यु सम्म गराउने तागत राख्दछ ।
हाल संक्रमितको संख्यालाई हेर्ने हो भने कहाली लाग्दो छ जसले गर्दा विद्यमान असपतालहरुले विरामीलाई थेग्न नसक्ने भैसकेको छ भने अस्पतालमा पुगेका विरामीहरु पनि सहि इलाज र अक्सिजन सिलीण्डर तथा अक्सिनको अभाबमा मृत्युवरण गरिरहेका छन् ।
संक्रमितलाई आवश्यक पर्ने अक्सिजनको आवश्यक्तालाई परिपूर्ति गर्न ३० वटा हाइड्रोजन सिलिण्डरलाई अक्सिजन सिलिण्डरमा परिवर्तन गरि द्यभ्ँइल् संस्थाले अक्सिजनको अभावलाई केही हदसम्म पूर्ति गरेको छ । नेपाल कोभिड १९ कार्यदलका सम्पूर्ण संस्थाहरुले अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर मेसिन उपलब्ध गराई जिवन र मृत्युसँग संर्घषरत विरामीहरुको पिडामा मल्हम लगाउने कार्य गरिरहेको छ ।








