४४ हजारको निशुल्क पीसीआर

काठमाडौं महानगरपालिका क्षेत्रभित्र ४४ हजार बढीले निःशुल्क पीसीआर जाँचको सुविधा लिइसकेको महानगरपालिकाले जानकारी दिएको छ ।

‘कोभिड–१९ को संक्रमणको परीक्षण बढाउन महानगरपालिकाको ३२ वटै वडामा केन्द्र तोकी पीसीआर सँगसँगै स्वास्थ्य सेवा विभागको समन्वयमा समुदायस्तरमा एन्टीजेन परीक्षण संचालन गरेका छौँ,’ कामपाका मेयर विद्या सुन्दर शाक्यले भन्नुभयो,  ‘पाँच दिनसम्म सञ्चालन हुने यो कार्यक्रममा कोभिड बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका, अग्रमोर्चामा रहेर काम गर्ने व्यक्ति, कोभिडको लक्षण देखिए पनि परीक्षण नगरेकालगायतलाई समेट्छौँ ।’

महानगरपालिकाले अहिलेसम्म महानगरपालिका क्षेत्रभित्र ६५ वर्ष माथि उमेरका ६७ हजारलाई कोभिशिल्ड खोपका साथै भेरोसेल पहिलो चरणमा १ लाख ३० हजार र दोस्रो चरणमा १ लाख बढीलाई लगाएको पनि जानकारी दिएको छ ।

प्रमुख शाक्यले जनचेतना अभिवृद्धिका लागि ४ वटा शिविर मार्फत २४ हजारलाई प्रत्यक्ष सेवा उपलब्ध गराइएको, जात्रापर्व (शिवरात्री र सेतो मछिन्द्रनाथ लगायत) मा घुम्ती स्वास्थ्य शिविर संचालन गरिएको र ५ वटा गाडीमार्फत टोल टोलमा माइकिङ्ग गरी स्वास्थ्य मापदण्डको पालना गराउन जनचेतना अभिवृद्धि गर्ने जस्ता कार्य गरेको पनि जानकारी दिनुभयो ।

कोभिड नियन्त्रणको लागि सबैभन्दा प्रभावकारी माध्यम बनेका खोप सेवा नेपाल सरकारको निर्देशन अनुसार ६५ वर्षमाथिका करिब ६६ हजार जेष्ठ नागरिकलाई कोभिशिल्ड खोप,  १८ देखि ५९ वर्ष समूहका १ लाख ३० हजारलाई भेरोसेल खोपको पहिलो डोज र १ लाखलाई दोस्रो डोज महानगरपालिकाकै व्यवस्थापनमा लगाउने कार्य सम्पन्न भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध