समालोचक, हाइजिन, कोषकार इन्द्र माली रहेनन्

नेपालभाषा साहित्यका समालोचक एवम् हाइजिन इन्द्र मालीको बिहीवार निधन भएको छ ।

लामो समयदेखि मुटु रोगबाट पीडित उनको गंगालाल हृदय रोग प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको थियो । नेपालभाषामा हाइकु भित्र्याउन उनको विशेष भूमिका रहेको छ ।

माली नेपालभाषाको पहिलो हाइकु पत्रिकाका प्रकाशक एवम् सम्पादक हुन् ।

नेपालभाषाको वृहत् शब्दकोष ‘तःखँग्वः धुकू’का समेत सम्पादक समेत रहेका माली नेपालभाषा एकेदमिका संस्थापक सदस्यका साथै पूर्वसदस्य–सचिव हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध