मीनाकुमारी महर्जनको म्युजिक भिडियो संग्रह सार्वजनिक

इन्द्रेणी सांस्कृतिक समाज (इसास) किपूको आयोजनामा शनिवार कीर्तिपुरकी लोकप्रिय जनपक्षीय गायिका मीना कुमारी महर्जनको स्वरमा सजिएको ‘करुणां भय्ब्यूगु’ म्यूजिक भिडियो संग्रह सार्वजनिक गरिएको छ । गायिका महर्जनको एकल स्वर रहेको ७ वटा गीत समावेश भएको एल्बमको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले सार्वजनिक गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि मेयर महर्जनले गायिका महर्जनको नाममा कीर्तिपुरका साँस्कृतिककर्मिहरुको एक पुस्तक प्रकाशन गर्ने वचन दिनु भयो ।
किपू नगरपालिका ९ वडास्थित कृष्ण क्याटरिंगको हलमा सम्पन्न कार्यक्रम इन्द्रेणी सांस्कृतिक समाज (इसास) को आयोजना भएको थियो ।
इसासका अध्यक्ष बीरप्रसाद भंसालीको सभापतित्वमा सञ्चालित कार्यक्रममा वरिष्ठ संगीतज्ञ अमरराज शर्मा राजोपाध्याय र साहित्यकार एवम् सन्चारकर्मि मीना बज्राचार्यले सार्वजनिक गरिएका गीतहरुको समीक्षा गरेका थिए ।
कार्यक्रममा विशेष अतिथिका रुपमा प्रा. डा. चन्द्र मान बज्राचार्य र नेपालभाषा म्युजिक भिडियोका प्रथम निर्देशक विजयरत्न असंबरेले मन्तव्य राखेका थिए ।
जनपक्षीय गायिका मीनाकुमारी महर्जन कीर्तिपुर ९ वडा नगाउँ निवासी हुनुहुन्छ । उहाँले थुप्रै जनपक्षीय गीतमा स्वर दिनु भएको छ भने विभिन्न गीतहरुको म्यूजिक भिडियो पनि प्रकाशित भइसकेका छन् ।
करुणां भय्ब्यूगु एल्बममा गायिका मीनाकुमारी महर्जनका जहान शम्भुराम महर्जन मान्छेका रचना लगायत प्रा. डा. चन्द्रमान बज्राचार्य, लोककवि राजभाइ जकःमि, जनकवि दुर्गालाल श्रेष्ठ, चन्देश्वर महर्जन लगायतका गीत समावेश भएका छन् भने संगीत गुजे मालाकार र सन्तोष महर्जनको रहेको छ ।
एल्बममा समावेश भएका म्युजिक भिडियो निर्देशन पवन जोशी र ललेन्द्र शाक्यको रहेको छ ।
कार्यक्रम मेलोडीक्वीन दीपा महर्जनले सञ्चालन गरेकी थिइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध