३३ पाेखरी पदयात्रा हुने

नयाँ वर्षका अवसरमा बैशाख १ गते भक्तपुरमा ३३ पाेखरी पदयात्रा हुने भएकाे छ । ३३ पोखरी पदयात्रा समिति २०७८ का संयोजक सनिस शिल्पकारले एक प्रेस नाेट जारी गर्दै याे कुरा सार्वजनिक गरेका हुन् ।प्रेस नाेटमा जनाए अनुसार ३३ पाेखरी पदयात्रा गर्न सामान्य मानिसलाइ ३ घण्टा ३३ मिनेट लाग्ने गर्दछ ।
हाल नेपाल भरी नै प्रदुषणको कारण वातावरणमा गम्भिर असर पुगेको र यसकाे कारण मध्ये एक अत्यधिक सवारी साधनको प्रयोग रहेकाे छ । निजी सवारी साधन बाहक र अनावश्यक यात्राको न्यूनिकरण गर्ने उदेश्यका साथ भक्तपुर टुर्सले नियमित रुपमा पदयात्रा गर्ने गरेको छ ।
प्रेस नाेटमा जनाइएअनुसार पदयात्रा बिहान साढे सात बजे भक्तपुरको माहेश्वरी मन्दिरबाट सुरु हुनेछ । उक्त दिन भीड हुन नदिन दश दश जनाको समूहले एक एक मिनेटको अन्तरालमा यात्रा प्रारम्भ गर्नेछ । उक्त पदयात्रामा भक्तपुरका ३३ वटा साना ठुला पोखरीहरुको अवलोकन गर्न सकिन्छ ।
यो यात्रामा प्रतिष्ठित बैक, सहकारी, स्कूल, कलेज, सरकारी कर्मचारी, कुतनितिक नियोगका अधिकारीहरुको समेत सहभागीता हुनेछ । पदयात्रीहरुको मनोरन्जनको लागि स्थानीय परिकार सहित समय् बजीको ब्यबस्था गरिएको छ ।
स्वास्थ्य सुरक्षालाई मध्य नजर गरी सहभागीहरुले चैत ३१ सम्म नाम दर्ता गर्न अाग्रह गरिएकाे छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध