सञ्चारकर्मी एवम् कलाकार महर्जनलाई पितृशोक

सञ्चारकर्मी एवम् कलाकार रवि महर्जनका पिता श्याम महर्जनको शुक्रवार बिहान निधन भएको छ ।
महर्जनले दिएको जानकारी अनुसार बिहान चिया खाने क्रममा सर्किएको केही क्षणमै पितालाई घर नजिकै रहेको मेघा २ अस्पतालमा लगिएको तर त्यहाँ पुग्दा मृत घोषित गरिएको थियो ।
८७ वर्षीय स्व. महर्जनका दुई छोराहरु मध्ये रवि जेठो छोरा हुन् । स्व. महर्जनको हिजै पशुपति आर्यघाटमा नेवार अन्त्येष्टी संस्कार अनुरुप शुक्रवारै गरिएको थियो ।

नेवार र नेपालभाषाकाे गतिविधिमा विशेष सक्रिय महर्जनले नेपालभाषाका थुप्रै चलचित्रमा चरित्र अभिनेताकाे भूमिका निवार्ह गर्नुका साथै सहायक निर्देशनकाे जिम्मेवारी बहन गरेका छन् ।

उनी नेवाः अनलाइन न्यूज, नेवाः टेलिभिजन एच.डी. लगायतका सञ्चारमाध्यममा पनि अावद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध