भिक्षु वरसम्बोधि रहेनन्

पाटी विहार, ठिमी, भक्तपुरका आवासीय भिक्षु वरसम्बोधि महास्थविर आज २०७७ चैत्र १९ गते विहिवारका दिन ८० वर्षको उमेरमा निधन हुनुभएको भरखरै पाटी विहारबाट जानकारी प्राप्त भएको छ ।

काठमाडौं असं बहालमा वि.सं. १९९७ शुक्लपक्ष नवमीका दिन पिता हेराधन शाक्य तथा माता सानुमाया शाक्यको कोखबाट जन्मिनुभएका उहाँ मोहनरत्न शाक्यले कुशीनगरमा वि.सं. २०४० मा श्रामणेर प्रव्रज्या ग्रहण गरी श्रामणेर वरसम्बोधि हुनुभएको थियो ।

यसरी नै वि.सं. वि.सं. २०४७ आश्वीन २७ गते नेपालका तेश्रो संघनायक भिक्षु अनिरुद्ध महास्थविरको उपाध्यायत्वमा शंखमूलस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रमा उपसम्पदादीक्षा प्राप्त गर्नुभएको थियो ।

दिवंगत भिक्षु वरसम्बोधिको अन्तिम संस्कार आजै दिउँसो २ बजे शबयात्रासहति ठिमीमै हुने जानकारी प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध