नेवार साहित्यकारहरूको नेवाः राज्य समिति घोषणा
आदिवासी जनजाति साहित्यकार महासंघ नेवाः राज्य समिति घोषणा सभा बुधवार ललितपुरको सातोआकी भवनमा सम्पन्न भएको छ ।

नेवाः राज्य समितिको संयोजक शाक्य सुरेनको सभापतित्वमा सञ्चालित कार्यक्रममा केन्द्रीय तदर्थ समिति संयोजक राजन मुकारुङ्गको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथि नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकार, पूर्व सांसद जितवीर लामा, डा. पुष्प राज राजकर्णिकार, अजित तामाङ्ग, नेवार अगुवा डा. महेश मान श्रेष्ठ, रजनि मिलाहरूले मन्तव्य राखेका थिए ।

नविन प्रकाश श्रेष्ठले सञ्चालन गरेको सभाबाट शाक्य सुरेनको संयोजनमा आदिवासी जनजाति साहित्यकार नेवाः राज्य तदर्थ समिति गठन गरिएको छ । जसको सह संयोजक सुधिर ख्वबि, सचिव नविन प्रकाश श्रेष्ठ, कोषाध्यक्ष कविन्द्र लाल प्रधान चयन भएका छन् भने सदस्यमा विमल प्रभा बज्राचार्य, शिला साय्मि, अर्जुन महर्जन, राजुराम मुनकर्मि, मीना बज्राचार्य चयन भएको छ ।
फाेटाे : राजेन्द्र रञ्जित








