आर्थिक क्षेत्रमा महिला सक्रियता आवश्यक

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले महिलाहरु चुलो चौकोमा मात्र सीमित नरही राजनीतिक र आर्थिक क्षेत्रमा पनि अगाडि बढ्नु पर्ने बताउनु भएको छ ।
ज्यास्मिन ब्यूटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरबाट तालिम प्राप्त १४ औं समूहका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर श्रेष्ठले आर्थिक क्रान्तिका लागि महिला उद्यमीहरु अगाडी बढ्न आवश्यक रहेको बताउनु भयो ।
यसैगरी कार्यक्रमका विशेष अतिथि वरिष्ठ सौन्दर्यकला व्यवसायी कमला श्रेष्ठले नेपालमा भएका हजारौं सौन्दर्यकला सम्बन्धी प्रशिक्षण केन्द्रहरुमा ज्यास्मिन सुव्यवस्थित रुपमा सञ्चालनमा रहेको बताउनु हुँदै यहाँबाट प्राप्त शीपलाई व्यवसायिकरुपमा अंगाल्न आग्रह गर्नुभयो ।
कार्यक्रमका अतिथि घरेलु तथा साना उद्योग महासंघका महासचिव डोल्मा शेर्पाले महिलाहरुले उद्योगमा लाग्न चाहेमा सरकारले ऋण सहूलियत दिँदै आएको र सोका लागि आवश्यक सहयोग गर्न आफू तत्पर रहेको बताउनु भयो ।
कार्यक्रममा सामुदायिक प्रहरी स्वयम्भूका अध्यक्ष राजु खरेल, बज्र कला कुञ्जका नृत्य निर्देशक सुदन मुनिकारलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रशिक्षार्थीहरु मध्ये उत्कृष्ट दश तथा उत्कृष्ट तीनलाई विशेष पुरस्कार प्रदान गरिएको थियो ।
जस्मिन ब्यूटी पार्लर एण्ड टे«निङ्ग सेन्टरका संस्थापक अध्यक्ष शर्मिला मुनिकारको सभापतित्वमा भएको कार्यक्रममा तालिमका उत्कृष्ट तीनलाई ट्रफि पनि प्रदान गरिएको थियो ।
तालिमको १४ औं ब्याचमा सरिता मल्ल (कार्की) प्रथम, सजिता रेग्मी दुतिय र अनुषा पन्त तृतिय स्थान हासिल गर्न सफल भएका थिए ।

तस्वीरमा जस्मिन ब्यूटी पार्लरकाे १४ औं  समूहकाे प्रमाणपत्र वितरण समाराेह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध