प्रतिभाको होइन पैसाको कदर

पैसा भएका व्यक्तिलाई गन्छन् यहाँका मानिसहरु
पैसा नहुनेको त प्रतिभाको पनि कुनै काम छैन
पैसावालको त दुनियाँ दिवाना नै साथी हुन्छन्
पैसा नहुनेको त भगवान पनि टाढा भैदिन्छन् ।

पैसावालले बोलेको झुठ पनि
सत्य ठहर्याएका हुन्छन्
गरीवको बोलेको सत्य पनि
अविश्वासमा परिणत गरिदिन्छन् ।

पैसावालाले पादे पनि बास आयो भन्ने
गरीवले त झन वोलेको पनि छातिभित्र सम्म पोल्ने ।
पैसावालको त कानून पनि खल्ती भित्रै लुकेर बसेको हुन्छ
गरीवले सानोतिनो गल्ति गरेपनि कालकोठरीभित्र छिराइहाल्छन् ।

पैसावालाले टेबुल मुनिबाट कागको नोट
सरकारी हाकिमलाई ठम्याइदिए पछि एकै मिनेटमा
कागज फाइल पत्ता लागिहाल्ने
गरिवले दश औंला जोडेर विन्ती भाउ कसे पनि
फाइल खोजी कार्य वर्षौं दिन लाग्ने ।

पैसावाला जतिसुकै चाउरिएको बुढो भएपनि
फिल्म म्यूजिक भिडियोमा सँधै हिरो भैरहने
पैसा नहुने भर्खरको ठिटोलाई फिल्ममा खेलाउने
त कता हो कता उल्टै त्यापे मोरो फिल्म खेल्ने होइन,
पढेर देशको उन्नति गर्नतिर लाग भन्ने ।

पैसावालाले बेसुर ढंगले गीत गाए पनि
म्युजिक अवार्ड हात पार्ने
गरीबले जतिसुकै राम्रो गीत लेखे पनि
कुनाकाप्चाभित्र थन्किएर बस्ने
पैसावालको छोरो ग्राजुएशन स्कलर शर्टिफिकेट लिएर
फ्री भिसासमा युरोप र अमेरिकामा पुग्ने
गरीवको छोरो रोजगारको निम्ति
चर्को टन्टलापुर घामको पर्वाह नगरि
खाडी मुलुकमा धाउने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध