जापानको आर्किटेक्चरल पार्क
किनुगावा ओनसेन निक्को तोचिगीस्थित एउता यस्तो आर्किटेक्चरल पार्क जहाँ विश्वका चर्चित १०२ स्थानको मन्दिर, दरबार, शहर तथा अन्य वास्तविक आकार भन्दा २५ गुना सानो आकारको जस्ताको तेस्तै बनाएको छ । जसमा विश्व सम्पदा सुचीमा सुचिकृत ४७ वटा क्षेत्रको आकृति पर्दछ ।
उक्त स्थानमा ६ वता क्षेत्र छुटाइएको छ । जसमा जापान र आधुनिक जापान – ३८, अमेरिका – १३, इजिप्त – ५, युरोप – ३२, एसिया – १४ वटा सम्पदाहरु प्रदर्शन गरिएको छ । जसमा चाइनाको ग्रेट वाल, अमेरिकाको ट्वीन टावर, इण्डियाको ताज महल, जापानको टोक्यो टावर, इजिप्तको पिरामिद लगायत युरोपको पिसा टावर लगायतका आकृति छन् । यो पार्क घुम्दा यस्तो लाग्छ कि साँचै नै त्यही स्थानमा पुगेको अनुभव हुन्छ । लाग्छ कि १ दिनमा संसार घुमे जस्तो ।
प्रस्तुत छ पार्कका केही तस्वीरहरु ः–
























