श्री गणेश र श्री भैरवकाे प्रतिस्थापन
हरेक वर्ष इन्द्रजात्राका क्रममा जीवित देवताका रूपमा रथयात्रा गराइने श्री गणेश र श्री भैरवकाे शनिवार प्रतिस्थापन गरिएकाे छ ।
उमेर हदका कारण वर्तमान जीवित देवताहरू श्री गणेश (सम्वेग शाक्य) र श्री भैरव (रूजन शाक्य) विदा गरिएकाे छ ।
शनिवार विधिवत पूजा पश्चात् इतुंबहालका राेजन शाक्य श्री गणेश र काेहितिबहालका कर्सनव शाक्य श्री भैरव पदमा पदाशीन गरिएकाे छ ।
काठमाडाैंमा रहेका १६ वटा बहाल भित्र रहेका शाक्य कुलपुत्रहरू मध्येबाट श्री गणेश र श्री भैरव चयन गर्ने गरिन्छ ।
१६ वटै बहालमा रहेका याेग्य शाक्य कुलपुत्र मध्येबाट तलेजुका मूल आचार्य, पञ्चाङ्ग निर्णायक सम्बन्धित ज्याेतिषहरू, शाक्य महाविहार संघ, इन्द्रजात्रा व्यवस्थापन समिति, पञ्चबुद्धका साथै विभिन्न संघ, संस्था र सम्बन्धित सराेकारवाला निकायकाे बैठकमा छलफल र परम्परागत मापदण्डहरूका साथै चिनाकाे गुण दाेष, लक्षण, नक्षत्रकाे आधारमा राष्ट्रकाे रक्षा गर्न सक्ने, देवता बन्न लायकका रूपमा श्री गणेश र श्री भैरवकाे चयन गर्ने गरिन्छ ।








