नेवाः यूट्यूबद्वारा सम्मान

एड जोन प्रा.लि.द्वारा सञ्चालित नेवाः यूट्युब च्यानल तेश्रो वर्ष प्रवेशको उपलक्ष्यमा शुक्रवार काठमाडौंको ज्याथामा एक कार्यक्रम आयोजना गरी विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको छ ।

कामपाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वर्गीय पत्रकार विक्रम शाक्यको सम्झनामा उहाँकी धर्मपत्नी धनलक्ष्मी शाक्यलाई सम्झनापत्र प्रदान गरिएको थियो । उहाँलाई चेतना श्रेष्ठले आर्थिक सहयोग हस्तान्तरण गरेको थियो ।

यसैगरी च्यानललाई विविध किसिमले सहयोग पुर्याउँदै आउनु भएका निरञ्जन रत्न शाक्यलाई पनि प्रमुख अतिथि शाक्यले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

न्हूदॅं समारोह समिति ११४१ का अध्यक्ष रमेश महर्जन अतिथिका रूपमा उपस्थित कार्यक्रम सुजिव बज्राचार्यको अध्यक्षतामा ललेन्द्र शाक्यले कार्यक्रम सञ्चालन गरेको थियो ।

गायक एवम् नेवाः यूट्यूबका पवित्र कसाःद्वारा स्वागत र उमेश स्थापितले धन्यवाद ज्ञापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध