मैतिदेवी देवघरको शिलान्यास

काठमाडौं महानगरपालिका ५ वडा मालिगाउँस्थित मैतिदेवीको देवघरको आज कामपाका मेयर विद्यासुन्दर शाक्यले शिलान्यास गर्नुभएको छ ।
काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा तयार गर्न लागिएको देवघर शिलान्यास कार्यक्रममा मेयर शाक्यका साथमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, बागमती प्रदेशसभा सांसद नारायण सिलवाल, संविधानसभा सदस्य रत्ना गुरुङ्ग, प्रदेश २ का सुरक्षा सल्लाहकार पूर्व एआईजी बिजय कायस्थ, कामपा वडा ५ का अध्यक्ष रमेश डंगाेल लगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

शिलान्यास कार्यक्रमलाइ सम्बाेधन गर्नुहुँदै उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले १८ वर्षसम्म जनप्रतिनिधिविहिन अवस्था हुँदा काठमाडौंबासीहरुले कुनै पनि सेवा सुविधा लिनका लागि झन्झट बेहोर्नु परेको जिकिर गर्नुहुँदै आफूहरु निर्वाचित भइसकेपछि सम्पदा संरक्षण तथा आवश्यक सेवा प्रवाहका लागि दिनरात लागिरहेको बताउनु भयो ।

बागमति प्रदेशसभा सदस्य मा. नारायण सिलवाल कार्यक्रममा मन्तव्य राख्नुहुँदै ।

यसैगरी प्रदेश सांसद सिलवालले मैतिदेवी देवघर निर्माणका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउँदै कामपाले पनि देवघर निर्माणका लागि आवश्यक प्रक्रिया सकेसम्म छिटो पूरा गरी सहयोग गर्न अनुरोध गर्नुभयो ।


मैतिदेवी द्यःछेँ (देवघर) निर्माण समितिका अध्यक्ष रमेशमान मुनिकारले स्वागत मन्तव्य राख्नुहुँदै केही वैधानिक कारणले मैतिदेवीको देवघर निर्माणका लागि कामपासँग सम्झौता सम्पन्न हुन नसकेको जानकारी दिनु भयो । उहाँले कामपा सम्पदा विभागले तयार गर्ने लगत इष्टिमेटमा निर्माण समितिले ७% जनसहभागिताबाट जुटाउने जानकारी गराउनु भयो ।
भवनको नक्सा तयार भएर सम्पदा विभागमा सम्झौताका लागि अन्तिम चरणमा रहेको जानकारी गराउँदै उहाँले चाँडै नै सम्झौता सम्पन्न हुने र सम्झौता सम्पन्न भएको २ आर्थिक वर्षभित्र देवघर निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताउनु भयो ।
मागः भोताहिति मुनिकार समाजका अध्यक्ष सत्य मुनिकारले सञ्चालन गर्नुभएको कार्यक्रममा मेरो साप्ताहिकसँग कुराकानी गर्दै मैतिदेवीको बासस्थानका रुपमा सो देवघर रहेको बताउनु भयो । सो देवघरबाटै मैतीदेवीमा गरिने वार्षिक पूजा तथा जात्राहरु सञ्चालन हुने जानकारी दिनु भयो ।
पुरातात्विक हिसाबमा नयाँ भवन निर्माण गर्न लागिएको उहाँले बताउनु भयो ।

कार्यक्रमपछि मेराे साप्ताहिकसँग कुराकानी गर्दै वडाध्यक्ष डंगाेलले कामपा ५ वडाले आफ्नाे क्षेत्रमा यस आ.व.मा मात्र लगभग ८ कराेडकाे सम्पदा पुनःनिर्माणका याेजनाहरू रहेकाे बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध