क्षेत्र विकास कोषबाट आइसोलेसन बनाउँदै सांसद श्रेष्ठ

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवम् संघीय प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठले आफ्नो क्षेत्र विकासका लागि छुट्याइएको ४ करोड मध्ये १ करोड ५० लाख ४० हजार रुपैयाँ प्रयोग गरेर काठमाडौं क्षेत्र नं. ८ मा आइसोलेसनको निर्माण गर्ने भएको छ ।
काठमाडौंको स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठको प्रयोगविहिन अवस्थामा रहेको भवन प्रयोग गरी ५० बेड क्षमताको आइसोलेशन स्थापना गर्न लागिएको आज सो क्षेत्रको निरीक्षण भ्रमण गर्नुभएका सांसद श्रेष्ठले जानकारी दिनुभएको छ ।
विश्वभर कोभिड–१९ महामारीको दोश्रो लहर चलिरहेको सन्दर्भमा नेपालमा पनि त्यसले प्रवेश पाउन सक्ने अवस्था रहेका कारणले पूर्वतयारीका रुपमा आइसोलेशन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिनुहुँदै उहाँले यहाँ हाइफ्लो अक्सिजनसम्मका विरामी राखिने र कथंकदाचित विरामीलाई सा¥है गा¥हो परेको खण्डमा डाक्टरहरुको सल्लाह बमोजिम अन्य अस्पतालमा राख्ने व्यवस्था गर्ने बताउनु भयो ।
पवित्र स्वयम्भू क्षेत्रमा खुल्ला वातावरणमा आइसोलेशनमा बस्न पाउने र त्यहाँ यथेष्ठ खुल्ला क्षेत्र भएका कारण आइसोलेशनमा बस्ने व्यक्ति कोठामा मात्रै बस्नु पर्ने अवस्था नरहने सांसद श्रेष्ठले जिकिर गर्नुभयो ।

आनन्दकुटी विद्यापीठकाे यस भवनमा काेभिड–१९ आइसाेलेशन संचालनमा आएपछि प्रशासनिक तथा स्वास्थ्यकर्मी रहने भवनका रूपमा प्रयाेग गरिने जानकारी दिनुहुँदै सांसद जीवनराम श्रेष्ठ ।

विरामीहरुको रेखदेखका लागि डाक्टर र नर्सहरुको समेत व्यवस्था गरिने र त्यस्तै अवस्था आएमा ८० बेडसम्म आइसोलेशनको व्यवस्था गर्न सकिने उहाँले बताउनुभयो ।
अहिले जीर्ण रहेको भवनहरु १० दिनभित्र मर्मत सम्भार तथा बिजुली र अन्य आवश्यक भौतिक पूर्वाधार निर्माण गरी सक्ने सांसद श्रेष्ठले बताउनु भयो ।
सांसद श्रेष्ठले आफूले छुट्याएको बजेट १ करोड ५० लाख ४० हजार आनन्दकुटीमा मात्र नभएर आफ्नो क्षेत्रका अन्य सामुदायिक भवन तथा सामाजिक संस्थाहरुमा पनि आइसोलेशन सञ्चालनका लागि प्रयोग गर्न सकिने बताउनु भयो ।
आइसोलेशन सञ्चालनमा रोटरी क्लब, मनाङ्ग क्लबले पनि सहकार्य गर्ने तथा कामपाको पनि पूर्ण सहयोग रहने बताउँदै यहाँ आइसोलेशनमा बस्नका लागि कुनै शुल्क तिर्नु नपर्ने पनि उहाँले बताउनु भयो ।
विश्व सम्पदामै सूचिकृत स्वयम्भू क्षेत्रमा रहने आइसोलेशन रहेको क्षेत्र धार्मिक क्षेत्र पनि भएका कारण त्यहाँ बस्ने मानिसमा छुट्टै उर्जाको सञ्चार हुने र चाँडै निको हुने उत्साह समेत आउने सांसद श्रेष्ठको जिकिर रहेको छ ।

IMG_7395
previous arrow
next arrow

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध