भर्चुयल नेवाः हाइकु वाचन कार्यक्रमकाे छैठाैं संस्करण सम्पन्न
भर्चुयल नेवा: हाइकु वाचन कार्यक्रमकाे छैठाैं संस्करण शनिवार सम्पन्न भएकाे छ ।
हाइजिन ध्रुब मधिकःमिले समिक्षा गरेकाे कार्यक्रममा उनले नेपालभासा क्षेत्रमा हाइकु विधाकाे विकास क्रमसः हुँदै गइरहेकाे बताए । अन्य साहित्य जस्तै हाइकू साहित्यले पनि जनजनकाे मन तान्न सक्ने हुनुपर्छ भने ।
शनिवार हाइजिनहरू प्रा.डा. बज्रराज शाक्य ” ख्युंगु जः “, कृष्णमोहन जोशीकाे ” दे दुवाला जिं “, ज्ञानेन्द्ररत्न बज्राचार्यकाे ” थौंया देय्या वास्तविकता ” र राधेश्याम महर्जनकाे ” विकृति, विसंगति र समाधान ” शिर्षकमा १० १० वटा हाइकु वाचन गरेका थिए ।
परिवेशिक रुपमा चार जनै हाइजिनहरूले हाइकुहरू देशकाे अवस्था र जनताकाे पीडा उजागर गर्ने किसिमकाे रहेकाेे बताए ।
कार्यक्रममा डा. पुष्पराज राज्कर्णिकार, डा. आनन्द जोशी र दिलबहादुर चित्रकारले पनि हाइकु र हाइकु वाचनलाइ लिएर मन्तव्य राख्नु भएकाे थियाे ।
नेवा: सूचना केन्द्रले कार्यक्रमकाे फेसबुक मार्फत लाईभ प्रशारण गरी सहयाेग गरेकाे थियाे ।
(फेसबुक लाइभकाे लिंक https://www.facebook.com/100019187…/videos/720724928577078 रहेकाे छ) ।
यस्तै कार्यक्रमकाे प्राविधिक सहयाेग केशर मान ताम्राकार र सञ्चालन सुरेश प्रधानले गरेका थिए ।








