पचली भैरव क्षेत्रका २ वटा पाटी पुननिर्माण सुरु

पचली भैरव परिसरमा २ वटा फल्चा (पाटी) पुननिर्माणका लागि बुधवार शिलान्यास गरिएको छ । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेको सो पाटी ८९ लाख ५५ हजार लागतमा आउँदो बर्षको जेठ मसान्तभित्र पुननिर्माण सम्पन्न गर्ने गरी कार्यादेश दिइएको छ ।
शिलान्यासपछि प्रतिक्रिया दिँदै प्रमुख शाक्यले आफू निर्वाचित भइसकेपछि सम्पदाको मर्मत, सम्भार र पुननिर्माण, संरक्षण, प्रवद्र्धन र पर्यटनसँग जोड्ने नीतिलाई प्राथमिकतामा राखेर काम थालनी गरेको बताउँदै पुननिर्माण गरेका सम्पदा जुन समुदायको हो, त्यही समुदायलाई सञ्चालन र व्यवस्थापनका लागि जिम्मा लगाउने बताए ।
‘वडा १२ सांस्कृतिक वडा हो । पचली भैरव संरक्षणका लागि गुरु योजना बनाएका छौँ । योजनामा सबैको अपनत्व गराउन यस क्षेत्रसँग सम्बन्धित गुठियार र सरोकारवालासँग छलफल गर्दा कार्यान्वयनमा केही ढिलाइ भयो । तर अझ विग्रेको छैन,’ शाक्यले थप्दै भने, ‘फल्चा शिलान्यास गरेपछि गुरुयोजना कार्यान्वयन चरणमा पुगेको अनुभूति भएको छ ।’
यसको पुननिर्माण नमोवुद्ध विल्डर्सले गर्नेछ ।
महानगरले मूर्त सम्पदासँगै अमूर्त सम्पदाको अभिलेखीकरण गर्ने, सांस्कृतिक र सामाजिक रितिरिवाजलाई प्रबद्र्धन गर्ने, परम्परागत नृत्य, बाजागाजाको संरक्षण र प्रवद्र्धन गर्ने कामका लागि गुठियारहरुसँग सहकार्य सहकार्य गरिरहेको छ ।

सिलान्यासका क्रममा कामपा १२ वडाका अध्यक्ष विकास डंगाेल, वडा सदस्यहरू पुष्परत्न प्रजापति, नानीहेरा महर्जन, सम्पदा तथा पर्यटन विभागका प्रमुख  लगायतकाे उपस्थिति रहेकाे थियाे ।

शिलान्यासपूर्व मेयर शाक्यले पचली भैरवकाे पूजा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध