बुुद्धिजीवी शव्दको विकास
हाम्रो पृथ्वी समाज भित्रका जनजीवनमा बुद्धिजीवी शव्दको प्रयोग फ्रान्सको ड्रेफस एफियरको समकालबाट भएको देखिन्छ । यो खास भन्नु पर्दामा यस काण्डबारेको प्रष्टवक्ता याने लेखक एमिलो जोलासँग सम्बन्धित थियो । उनाईसौं शहस्राव्दीको अन्त्यमा अल्फ्रेड ड्रेफस नाम गरेका एकव्यक्तिका यहुदी सेना हाकीमलाई फ्रान्सको सैनिक गोप्यता भंग गरेको अभियोग लगाई आजीवन कारावासको सजाँए दिइयो । यसै काण्डमा फ्रान्सेली साजकै अनुदारवादीहरु फ्रान्सेली सैनिक अधिकारीहरुको समर्थन गर्थे । यहुदीहरु प्रतिको घृणाले पनि यस घटनाबारे जनमतमा असर परेका थियो । उदारवादीहरु भने ड्रेफसलाई निर्दोष ठान्थे साथै खास गरि एमिलो जोला र जर्ज क्लेमेन्स्यु यसकाण्डको विरोधमा अग्रपंक्तिमा नै थिए । विरोधको रफ्टारमा एमिलो जोलाले “आई एक्यूज” शीर्षकको एए रचना गरे । जसलाई जर्ज क्लेमेन्स्युले १८९८ जनवरी १३ का दिन पेसि दैनिक “एल अउरोर”को पहिलो पृष्ठमा छापे । त्यस समय उनी त्यस दैनिकीकै मालिकको साथै सम्पादक पनि थिए । यस रचनाले जनमानसमा ड्रेफसको समर्थनमा ठूलो हलचल मचाउन पुग्यो । पछि ड्रेफस सबै आरोप प्रत्यारोपहरुबाट मुक्त गरिए र सम्मान, पदोन्नति सहित सैनिक सेवामा पुनर्बहालि गरिए । यसरी याने सर्वप्रथम बुद्धिजीवी शव्दको प्रयोगकर्ताको श्रेय फ्रान्सेली भाषामा जर्ज क्लेमेन्स्युलाई दिए । त्यस समय यो शव्दद्वारा सरकारी कृयाकलापको दवावमा रहेको नियम, कानून र मान्यताको रक्षा गर्नु आ–आफ्नो कर्तव्य र अधिकार ठान्ने विशिष्ट व्यक्तिहरुलाई मात्र इंगित गथ्र्यो ।
हाम्रो नेपालमा “शिक्षाको प्रमाण पत्र नै बुद्धिजीवीको प्रमाण हो” भन्ने भ्रममा रहनेहरुको संख्या धेरै छन् । मदर टेरेसाको भनाईमा शिक्षा प्राप्त मानिस भन्नाले तालिम प्राप्त व्यक्ति जसलाई कुनै प्रकारको याने किसिमको काम अथवा कुनै एक क्षेत्र जस्तै इन्जिनियर, पाइलट, डाक्टर, पत्रकार, सल्लाहकार, यान्त्रिक आदिमा ज्ञान र सीप प्राप्त भएको छ, तिनीहरुलाई जनाउँदछ । यानीकि एक शिक्षित व्यक्ति भन्नाले त्यस्तो व्यक्ति हो जसलाई राम्रो विद्या र ज्ञान हासिल गर्नुका साथै जो सँग मूल्य÷मानित्य छ । यही मूल्य र मान्यता भएको व्यक्ति नै वास्तवमा बुद्धिजीवी हो ।
यस क्रममा इरानस्कोपका प्रकाशक र सम्पादक साम धान्दचीको भनाईमा – जान्ने, बुझ्ने शक्ति हुने ज्ञानी विवेकशील याने वौद्धिक विचार्न सक्ने क्षमता हुने तथा बौद्धिकतामै प्रसिद्ध प्राप्त गरेको मानिसलाई बुद्धिजीवी भन्ने गरिन्छ । याने चाहे त्यो शीतयुद्ध समयका अति प्रख्यातशाली र साहसी अष्ट्रेलियन रिसर्च काउन्सिल फेडरेशनको जोन क्विग्गिन वा त्यस्तै अष्टे«लियन नागरिक, अन्तराष्ट्रिय कानूनविद् लेखक र मानवधिकारवादी डाक्टर कमाल कादिर वा अमेरिकी लेखक नोआम चोम्सकी हुन्, प्रायको भनाईको निचोडमा विचार र समस्याको विश्लेषण गर्ने क्षमता मात्र नभई त्यसको निष्पक्ष प्रचार र वकालत गर्ने नैतिकता र साहससमेत भएको व्यक्ति नै वास्तविक रुपमा बुद्धिजीवी हो ।
शिक्षित मानिससँग विश्लेषण गर्ने क्षमता हुन्छ । जुन मानिससँग विश्लेषण गर्ने सक्ने क्षमता हुन्छ त्यो निरपेक्ष हुन सक्दैन । सापेक्षवाद भन्नाले स्थिरता हुन्छ भने निरपेक्ष वाद भन्नाले केहि समयलाई टालटुल याने अस्थिरवाद हो । शिक्षित मानिस पनि ३ (तीन) प्रकारका हुन्छन् । राष्ट्रिय वा अन्तराष्ट्रिय क्षेत्र, कहीँ कुनै किसिमको अन्याय, अत्याचार हुन्छ भने ः
क) एकथरी मासिनले त्यसको विश्लेषण गरी आफ्नो निष्कर्ष कुनै माध्यमद्वारा व्यक्त गर्दछन् ।
ख) अर्को थरीले जान र बुझ पचाएर आफूलाई तटस्थ घोषणा गर्दछन् ।
ग) अर्को थरी त्यस्ता व्यक्तिहरु पनि हुन्छन्, जो शक्ति केन्द्रको चाकडी गर्न, अन्याय र असत्यलाई न्यायोचित र सत्य सावित गर्न समेत पछि पर्दैन ।
यसरी एकजना बुद्धिजीवी र एकजना शिल्पीविचको भिन्नताबारे भन्नैपर्दा वामपन्थी इटालियन लेखक एण्टोनियो ग्राम्सीको विचारानुसार बुद्धिजीवीले आफ्नो सबै प्रयास र दक्षता, सामथ्र्यता विना कुनै फल, पुरस्कारको आशा, समाज सेवामा उत्सर्ग गर्छ तर एउटा विशेषज्ञले आफ्नो कार्यको समाजबाट पुरस्कार, फाइदाको आशा राख्छ । अनि एउटा लेखक र लेखनदास, एक कलाकार तथा कुनै पुल बनाउने डिजाइनर इन्जिनियर, चित्रकार र सिकर्मि बीचको फरकता के छ भने पहिलोले समाजको सेवाको भावनाले अभिप्रेरित भई काम गर्दछ भने दोस्रोले आर्थिक फाइदाको लागि काम गर्दछ । यसरी एउटा व्यक्तिलाई समाजमा उसले लेखेको भुमिकाकै माध्यमद्वारा ऊ समाजको कुन कित्तामा पर्छ भन्ने कुराको निक्र्यौल गर्छ ।
बौद्धिक मानिसमा जन्मजात पाईने कुनै तत्व गुण होइन ।
बुद्धिजीवी हुनलाई उक्त व्यक्तिमा ३ (तिन) विशेषताहरु हुनु अनिवार्य छ
१. बुद्धिजीवी पहिलो विशेषता भनेकै अभिव्यक्त गर्न सक्ने क्षमता हुनु ।
२. दोस्रो विशेषता भनेको नयाँ विचार र रुझान वा प्रवृत्तिको सृजनासँग सम्बन्धित छिद्रान्वेषक दृष्टिकोण हो ।
३. बुद्धिजीवीमा हुनैपर्ने तेस्रो याने अत्यन्त महत्वपूर्ण विशेषता हो अनुसन्धान र सत्यताको अभिव्यक्ति ।
एक बुद्धिजीवीमा नयाँ विचार विमर्श र दिशाको श्रृजनासँग आवद्ध सुक्ष्म विश्लेषण गर्न सक्नेक्षमता, प्रतिभा मात्र भएर पनि पुग्दैन, समाजमा उसको संलग्नता र आफ्ना निष्कर्षहरुको श्रव्य भनौं या दृष्यमार्फत अभिव्यक्ति गर्न सक्नु जरुरी पर्दछ । यसको निमित्त कोही व्यक्तिलाई कुनै विश्वविद्यालयको डिग्री नै चाहिन्छ भन्ने आवश्यक छैन । मुख्य मान्य के हो भने उसको उद्देश्य मानवाधिकारको रक्षा गर्नु, त्यो पनि सकारात्मक तवरको, दासता, हेला अनि सबै प्रकारको थिचोमिचोबाट मानवलाई मुक्त गरेको हुनुपर्दछ ।
त्यसैले सबै शिक्षत बुद्धिजीवी हुन सक्दैन र सबै बुद्धिजीवीसँग विश्व विद्यालयको डिग्री नै हुनुपर्दछ भन्ने आवश्यक पर्दैन ।
खास बुद्धिजीवीको अर्थ फ्रान्सबाट प्रचारमा आएको भन्दा सकारात्मक ढंगले भन्नुपर्दा ग्रीसका राजनीतिक दार्शनिक एरिष्टोटलको शव्दमा भन्ने हो भने बुद्धिजीवी हुनु भनेको नैतिक स्तरीय उच्चतम स्थान प्राप्त गर्नु नै हो । किनकी एउटा खाँटी बुद्धिजीवीले आफ्नो सब मिहेनत र जाँगर सत्यताले व्यक्तिगत स्वार्थको लागि नभई जनता भनौं या समाजको पक्षमा खर्च गर्दछ । अमेरिकी लेखक नोआम चोम्स्की भन्दछन् एउटा बुद्धिजीवी सँधै सत्य बोल्नुपर्छ र असत्यको पर्दाफास गर्दछ । जबकी एउटा बुद्धिजीवीले शक्ति केन्द्रहरुले गरेका गल्तीहरु र अपराधहरु देखेर पनि नदेखे झैं गर्दछ भने त्यो ती अपराधहरुमा सहभागी भए सरह हुन्छ भन्नुको मतलव कि त अगाडी नबढ्नु, होइन भने ज्यान जाने भएतापनि ऊ अगाडि बढ्नु पर्दछ ।
त्यसैले सबै विशेषज्ञ वा कलाकर्मीहरु बुद्धिजीवी हुन सक्दैन । तर बुद्धिजीवी विशेषज्ञ वा कलाकर्मी हुन सक्तछन् र कुनै पनि पेशाकर्मीले बुद्धिजीवीको उचाई पुग्न बुद्धिजीवीको नैतिकता अनुरुपको कार्य भने गर्न सक्नुपर्दछ ।
जनतामा अभिमत श्रृजना गर्ने, जनतालाई नै जागरुक बनाउने, अन्याय अत्याचारको विरुद्ध रहने भएकै हुनाले जनताले बुद्धिजीवीलाई गुरु, संरक्षक र अझ नेताको रुपमा मानेको पाइन्छ । त्यसैले समाजमा बुद्धिजीवीकै अभिव्यक्तिमा विशेष वजन हुन्छ नै जसले गर्दामा समाजमा उसको उँचो स्थान हुन्छ । उस्को एक÷एक अभिव्यक्तिहरु निरंकुशको सयौं गोली भन्दा शक्तिशाली हुन्छ । यस कारणले निरंकुश शासकहरु यो वर्गसँग अति नै तर्सिन्छन्् तथा तिनीहरुको आक्रमणको पहिलो निशाना नै बुद्धिजीवीहरु हुन्छन् ।
बुद्धिजीवीहरुको शव्दलाई लिएर नेपालको विद्व लालु विप्र भन्नु हुन्छ कि राज्यको अभिभारादेखि दैनिक सरकारी अनेक प्रशासन ईमान्दारिता, देशविकास जनउद्धारमा सत्यताको नीतिगु प्रणालीले व्यवस्थापन गर्न सक्नु नै बुद्धिजीवीको स्तरियता हुन्छ भनेका छन् ।










