पद्मरत्न स्मृतिसभा सम्पन्न

१८ औं शंखधर दिवसकाे अवसरमा नेपाल सम्वत आन्दोलनका अगुवा पद्मरत्न तुलाधर स्मृति सभा सम्पन्न भएकाे छ ।
न्हूदँ समारोह समितिकाे आयाेजनामा भएकाे कार्यक्रम समितिका अध्यक्ष रमेश महर्जनकाे सभापतित्वमा सचिवालय संयाेजक उमेश स्थापितले कार्यक्रम सञ्चालन गर्नुभएकाे थियाे ।
कार्यक्रममा मन्तव्य राख्नुहुँदै मानवअधिकारवादी नागरिक आन्दोलनका अगुवा श्याम श्रेष्ठले पद्मरत्न तुलाधरलाई राष्ट्रिय विभूति घोषणा गरिनु पर्ने माग गरे ।  उनले अन्तर्राष्ट्रिय रुपमा नेपालबाट एक नागरिककाे नाम प्रस्तुत गर्दा पद्मरत्नलाई अगाडी बढाउने, आदिवासी जनजाति आन्दोलनका साथै सबै सबै आन्दोलनमा उहाँले दिनुभएकाे योगदान र एक स्वच्छ नागरिक भएकाले सरकारले पद्मरत्नलाई राष्ट्रिय विभूति घोषणा गर्नु्पर्ने माग गरे ।
कार्यक्रममा नेवार नेता मल्ल के. सुन्दरले पद्मरत्न बहुआयामिक व्यक्ति भएकाे उल्लेख गर्दै पद्मरत्नले सञ्चालन गरेकाे सबै आन्दोलन अहिले पनि अगाडि बढीरहेकाे बताए ।
नेपाल सम्वत नयाँ वर्ष चाड मात्र नभइ आन्दोलन भएकाे विचार पनि मल्लले राखे ।
कार्यक्रममा गोविन्दमान श्रेष्ठ, डा. पुष्पराज राजकर्णिकारले पनि नेपाल सम्वत् र पद्मरत्न तुलाधरका सम्बन्धमा  आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
पद्मरत्नका कान्छा छाेरा सर्वणरत्न तुलाधरले  पनि कार्यक्रममा सहभागिता जनाएका थिए ।
यसै कार्यक्रममा मल्ल के. सुन्दरले लेखेकाे विष्णुमतीइ शंखधरया लुँ पुस्तक पनि विमाेचन गरिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध