वंशीधरकाे ‘ह्यांगु नांचाया जला’ विमाेचित

विश्वभर फैलिएकाे काेविड १९ महामारी (कोरोना भाइरस) का कारणा सबैकाे स्वास्थ र सुरक्षालाइ ध्यानमा राख्दै पत्रकार, साहित्यकारहरू भेला गराइ विमाेचन गर्न नसकिने भएका कारणले फेसबुक मार्फत साहित्यकार वंशीधर बज्राचार्यकाे ‘ह्यांगु नांचाया जला’ नामक पुस्तक आइतवार विमाेचन गरिएकाे छ ।
अरनिको समाजकाे आयाेजनामा चीनमा पत्रकार, साहित्यकारहरूलाइ निमन्त्रणा गरेर चीन भ्रमणका क्रममा बरिष्ठ पत्रकार एवं साहित्यकार वंशीधर बज्राचार्यले त्यहाँका विभिन्न व्यक्तित्वहरूका बीच भएकाे गोष्ठी, सेमिनार, अन्तरक्रिया र छलफलमा सहभागिता जनाउँदै एतिहासिक र सांस्कृतिक सम्पदा स्थल, चीनिया बस्ती, परम्परागत उद्योग आदि घुम्दा देखेका कुरालाइ लिएर चीनिया जनजीवनकाे अनुभुतीहरू यात्रा संस्मरणकाे विषयवस्तु संग्रहित गरी पुस्तक प्रकाशन गरिएकाे हाे ।
यस पुस्तकमा चीनकाे भौगोलिक, राजनैतिक, सांस्कृतिक एवम् भाषिक बिषयवस्तुलाइ संक्षिप्त रूपमा प्रस्तुत गर्ने जमर्काे गरिएकाे लेखक बज्राचार्यले बताएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध