इतुंबहालहमा निःशुल्क पाठेघर शिविर
श्री भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजद्वारा इतुम्बहाः निःशुल्क क्लिनिको आयोजनामा सोमबार एच.पि.भी/डि.एन.ए परिक्षण शिविर सम्पन्न भएको छ ।
इतुम्बहालमा भएको सो शिविरमा ३० देखि ६० वर्ष उमेरका विवाहित महिलाहरुको पाठेघर मुखको क्यान्सर रोकथामका लागि गरिएको हो । पब्लिक हेल्थ कन्सर्न कोओपरेसन सोसाइटी लिमिटेड, पलिब्क हेल्थ कन्सर्न ट्रस्ट, फेक्ट नेपाल कीर्तिपुर र रोटरी क्लब अफ ठमेलको सहकार्यमा भएको शिविरबाट ५८ जना महिला लाभान्वित भए ।
सो शिविर डा. तारामैंया शाक्य, डा. नफिसा मल्ल, डा. प्रफुल्ल शाक्य र डा. कृषा शाक्यले सञ्चालन गर्नुभएको हो । डा. तारामैयाँले पाठेघरको मुखको क्यान्सर विवाहित महिलाले नियमित रुपमा गर्नैपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– महिलामा हुने क्यान्सरमा पाठेघर मुखको क्यान्सर विश्वमै चौथो, एसियामा दोस्रो र नेपालमा पहिलो स्थानमा रहेको छ । यद्यपि यो दश वर्षअघि नै परिक्षण गर्न सकियो भने रोकथाम गर्न सकिन्छ ।
यसैगरी संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यले इतुम्बहाः जस्तो पवित्र स्थानमा आज पवित्र कार्य भएकोमा आफूलाई खुशी लागेको भनाइ राख्नुभयो ।








