बोल्नै छोड्यौ तिम्ले किन ?

बोल्नै छोड्यौ तिम्ले किन ?

हिजो आज मलाई

आगो बाल्यौ दिलको माझ

कोरेर काँटी सलाई !

 

अपेक्षा राखेको थिएँ त मैले

असीम तिम्रै माया पाउने

उपेक्षा गरेको गर्यै तिम्ले

ब्यर्थै मै मात्र कति धाउने ?

 

प्रतिक्षा तैपनि दोबाटो कुरेर

भ्याएसम्म आँखा बिछ्याएर

मनमा अगाढ माया फुराएर

परोक्ष इशारालाई पछ्याएर ।

 

शुभेच्छा छ मेरो त्यो मुटुभित्र

मायाको जाँगर चुलोस्

कोर्दैछु भविष्यको सुन्दर चित्र

देखेर जो कोहि भुलोस् ।

 

प्रतिज्ञा अडिग छ तिमी पाउन

तिमी बाहेक अरु रोज्दिन

आकांक्षा जसरी नि पुरा गर्नुछ

जाग्रामै बसेर नि रात दिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध