२१ औं राष्ट्रिय ज्यापु दिवसमा सम्मानित व्यक्तित्वहरु

ज्यापु संस्कृति विकास कोषले हरेक वर्ष थिंलाथ्व पुन्ही (यःमरि पूर्णिमा)का दिन मनाउँदै आएको राष्ट्रिय ज्यापु दिवसको अवसरमा विभिन्न क्षेत्रमा अतुलनीय योगदान गर्नुभएका २१ जना व्यक्तित्वहरुलाई सम्मान गरेको छ । २१ औं राष्ट्रिय ज्यापु दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सम्मानित व्यक्तित्वहरुको संक्षिप्त परिचय यहाँ प्रस्तुत गरिएको छ ।
ज्यापु रत्न


ज्यापु समुदायमा जन्मिएर समाजको हितका लागि विशेष योगदान पु¥याउने व्यक्तिहरुलाई प्रदान गरिने ज्यापु रत्न सम्मान यस वर्ष प्रा.डा.अन्जना डंगोल सिंहलाई प्रदान गरिएको छ । ओमबहाल निवासी डा. डंगोल महिला स्वास्थ्यसम्बन्धी विज्ञ हुनुका साथै काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालको स्त्री रोग र प्रसूति विभागको प्रमुखका रुपमा विगत १० वर्षदेखि कार्यरत हुनुहुन्छ । बंगलादेशको यूनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीबाट सन् १९९९ मा एमबीबीएस गर्नुभएका उहाँले सन् २००६ मा चाइनाको यूनिभर्सिटी अफ झेङझूबाट गाइनोकोलोजी र अब्सेट्रीसमा एमडी गर्नुभएको थियो भने सन् २०१९ मा बेलायतको नार्थम्बिया यूनिभर्सिटीबाट पीएचडी गर्नुभएएको थियो । उहाँ यूनिर्सिटी ग्रान्ट कमिसन (यूजीसी), नेपाल, युटेरोभगिनल प्रोल्याप्से मानेजमेन्ट इन नेपालीज वुमन, २०१४ र संयुक्त राज्य अमेरिकामा ग्लोबल हेल्थ प्रोग्राममा महिला नेतृत्व पुरस्कार प्राप्त गर्नुभएको थियो ।
ज्यापु प्रज्ञा


ज्यापु समुदायको विषयमा विशेष अध्ययन गर्ने तथा यस जातिको उत्थानका लाग प्राज्ञिक योगदान पु¥याउने व्यक्तिलाई प्रदान गरिने ज्यापु प्रज्ञा सम्मानबाट यसवर्ष कटुञ्जे भक्तपुरका प्रा.डा.पुरुषोत्तमलोचन श्रेष्ठलाई सम्मान गरिएको छ । वि.सं. २०१५ श्रावण ५ गते जन्मिनुभएका प्रा.डा. श्रेष्ठ इतिहास विषयमा विद्यावारिधि हुनुहुन्छ । वि.सं. २०३८ सालदेखि इतिहास, संस्कृति र पुरातत्व विषयको अध्यापन गराउँदै आउनुभएका उहाँका इतिहास एवं संस्कृतिका विविध पक्षमा कृति प्रकाशन भएका छन् । उहाँको पछिल्लो ऐतिहासिक कृति अन्तरं¨का तर¨हरु रहेका छन् । उहाँ उत्कृष्ट युवा पुरस्कार (१९९८), महेन्द्र विद्याभूषण क श्रेणी (२०५३), शिक्षा पुरस्कार (२०५७) राष्ट्रिय प्रतिभा पुरस्कार (२०५८), इतिहास रत्न (२०७३), खोपृङ सम्मान (२०८०) र कदम पुरस्कार (२०८०) बाट सम्मानित हुनुहुन्छ ।
ज्यापु हलिं विशेष सम्मान


यसै वर्षबाट सुरु गरिएको ज्यापु हलिं विशेष सम्मान सुशील प्रजापतिलाई प्रदान गरिएको छ । विश्वको विभिन्न मुलुकमा रहेर नेपालको सस्कृति तथा पहिचान वृद्धिमा योगदान पु¥याउने विशिष्ट व्यक्तिलाई यो सम्मान प्रदान गरिने कार्यक्रममा जानकारी गराइएको थियो । ज्यापु हलिं विशेष सम्मानबाट सम्मानित प्रजापति पासा पुचः गुथि यूकेका वर्तमान अध्यक्ष हुनुहुन्छ । भक्तपुरमा जन्मिनु भएका प्रजापति हाल बेलायतमा बस्दै आउनु भएको छ । धिमे, धाः, खिं, बाँसुरी बादनमा पोख्त प्रजापति सन् २०१४ देखि भैरव नाच गुथिका अध्यक्षको रुपमा क्रियाशील हुुनुहन्छ । उहाँले बेलायतमा भैरब गण (भैरब, महाकाली, बाराही, देवी, महालक्ष्मी, बेताल, भुचा) नाच प्रस्तुती, चर्या, लाखे, ख्या नाच प्रस्तुती गर्ने कार्य गर्नुभएको छ भने बेलायतमा विस्का (भैरब र भद्रकाली) रथ जात्रा, कुमारी जात्रा, गाईजात्रा, म्हपुजा, गुथि भ्वय् (सामुहिक भोज) वर्षेनी आयोजना गर्दै आउनु भएको छ । उहाँले सन् २०२४ मा ग्रीनवीचको रोयल बरोले सिभिक अवार्ड फर् आर्ट एण्ड इन्टरटेन्मेन्ट, सोही वर्ष सोही संस्थाले कल्चर अवार्ड, सन् २०१९ मा (शीप र हेरचाहको अंशको रुपमा रहेको) क्वीन्स अवार्ड र सन् २०१७ मा विश्व परिक्रमा नागरिक सम्मानबाट सम्मानित हुनुहुन्छ ।
ज्यापु उद्यमशिलता सम्मान


ज्यापु कूलमा जन्म लिएर उद्यमको क्षेत्रमा लाग्ने महानुभावलाई प्रदान गरिने ज्यापु उद्यमशीलता सम्मानबाट यसवर्ष फिल्म निर्माता, फिल्म वितरक, फिल्म प्रदर्शक नरेन्द्र महर्जनलाई सम्मानित गरिएको छ । पांगालाछी, कीर्तिपुरमा सन् १९६६ मा जन्मिुभएका महर्जन नेपाल चलचित्र संघका अध्यक्ष हुनुहुन्छ । उहाँ नेपाल चलचित्र निर्माता संघको सदस्य, फिल्म वितरक संघको पूर्वअध्यक्ष, हेटांैडा फिल्म निर्माण समूह प्रा.लि.का अध्यक्ष, विणा चलचित्र मन्दिर, सर्लाही, लालबन्दीका अध्यक्ष तथा कीर्तिपुर सिनेप्लेक्सका संचालक हुनुहुन्छ ।
ज्यापु महिला सशक्तिकरण


एकल महिलाहरुको सशक्तिकरण तथा सवलिकरण, महिला हिंसा न्यूनीकरण, सामाजीक रुपान्तरण, विपद तथा मानविय सहयोग कार्यमा सक्रिय मच्छेगाउँका शान्ती महर्जनलाई ज्यापु महिला सशक्तिकरण सम्मान प्रदान गरिएको थियो । वि.सं. २०३७ मा जन्मिुभएकी महर्जन मानव अधिकारको लागि महिला, एकल महिला समुह नगर समितिको अध्यक्ष एवं केन्द्रीय सदस्य हुनुहुुन्छ । उहाँले विपद्का समयमा समाजीक क्षेत्रमा विभिन्न सशक्तिकरणका कार्यक्रम र जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आउनुभएको छ । उहाँले दुबाईमा भएको वल्र्ड वाइड मिडिया नेटवर्क दोश्रो अन्तर्राष्ट्रिय अवार्ड २०२१ प्राप्त गर्नुभएको छ भने ११२आंै अन्तर्राष्ट्रिय महिला दिवसमा पनि सम्मानित भइसक्नुभएको छ ।
ज्यापु सरस्वति पदक


शिक्षा क्षेत्रमा विशिष्ट योगदान पु¥याउनेलाई प्रदान गरिने ज्यापु सरस्वती पदकबाट यसवर्ष बीसीक्याप्स मोन्टेसरी स्कूल एण्ड टे«निङ्ग सेन्टरकी प्रधानाध्यापिका बिमा महर्जनलाई सम्मान गरिएको छ । काठमाडौं यंगाल निवासी महर्जन वि.सं. २०५७ सालदेखि शिक्षण पेशामा आवद्ध हुनुहुन्छ ।
ज्यापु विशेष सम्मान
विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने महानुभावहरुलाई प्रदान गरिँदै आएको ज्यापु विशेष सम्मानबाट यसवर्ष चार जना व्यक्तित्वहरु सम्मानित हुनुभएको छ ।

ज्यापु विशेष सम्मानबाट सम्मानित हुनेहरुमा जनसेवा प्रहरी बृत्तका प्रमुख प्र.ना.उ. रुकेश तण्डुकार हुनुहुन्छ । उहाँलाई इन्द्रजात्रा, पचली भैरब जात्रा लगायत विभिन्न जात्रामा विशेष सुरक्षा व्यवस्था तथा जात्रा संचालकहरुसंँग समन्वय तथा विशेष सहकार्य गरेको कारणले यो सम्मान प्रदान गरिएको थियो ।


यसैगरी सुन्धारा, ललितपुरनिवासी मूर्तिकार धर्मराज शाक्यलाई पनि ज्यापु विशेष सम्मान प्रदान गरिएको थियो । उहाँ विभिन्न देवदेवीहरुको मूर्ति निर्माणमा पोख्त व्यक्तित्व हुनुहुन्छ भने उहाँले देशका चर्चित राष्ट्रिय व्यक्तिहरुको शालिक निर्माण, देश विदेशका विभिन्न स्थानमा ढुंगाको मन्दिरको निर्माण गरेर नेपाली कलालाई विश्वमा प्रस्तुत गर्ने कार्य गर्नुभएको छ । उहाँले ललितकलामा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको छ भने नेपाली इतिहार, संस्कृति र पुरातत्वमा पनि उहाँले स्नातकोत्तर गर्नुभएको छ । उहाँले देश विदेशमा थुप्रै एकल मूर्ति प्रदर्शन गरीसक्नु भएको छ । उहाँ युवा प्रतिभा पुरस्कार (सन्् १९९९), प्रबल गोर्खा दक्षिण बाहु (सन् २०००), प्रबल जनसेवा श्री (सन् २०१३) कासाथै सगरमाथा प्रतिष्ठानवाट नेपाल सम्मान (सन् २०१३) बाट सम्मानित र विभूषित हुनुहुन्छ ।

यसैगरी काठमाडाैं महानगरपालिका बित्त विभागका लेखा अधिकृत (साताैं) सहायक निर्देशक नानीशोभा महर्जनलाई पनि ज्यापु विशेष सम्मान प्रदान गरिएको छ । झ्वाःबहाः, काठमाडांै निवासी महर्जनले कामपा भित्रका संस्कृति, सम्पदा, जात्रापर्व संरक्षणमा महत्वपूर्ण योगदान दिनुका साथै मेट्रो एफ.एम. १०६.४ मेगाहर्ज स्थापनामा सकृय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले ‘थाैंया मस्त लिसे वय्क म्हसिके’ नामक कार्यक्रम पनि संचालन गर्नुभएको थियो ।


यसैगरी टेलिभिजन कार्यक्रम निर्माता तथा छायाँकार तीर्थमान महर्जनलाई पनि ज्यापु विशेष सम्मान प्रदान गरिएको छ । नरदेवी, काठमाडांै निवासी नमस्ते मिडियाका प्रोप्राइटर महर्जन वि.सं. २०६५ सालमा राष्ट्रिय अन्तर्राष्ट्रिय विशेषत काठमाडांै उपत्यकाका जात्रापर्व, सम्पदा, संस्कृति, कलाको डकुमेण्ट्री बनाई निरन्तररुपमा टेलिभिजनमा “द जर्नि र सम्पदा” नामक कार्यक्रम प्रस्तुत गर्दै आउनु भएको छ । उहाँ राष्ट्रिय नागरिक स्वर्ण सम्मान २०७४ वाट पनि सम्मानित हुनुहुन्छ ।
ज्यापु युवा प्रतिभा ः
ज्यापु कूलमा जन्मिएर विभिन्न क्षेत्रमा आफ्नो प्रतिभा प्रस्तुत गरेका युवा पुस्तालाई हौसला प्रदान गर्ने उद्देश्यले कोषले विभिन्न विधामा ज्यापु युवा प्रतिभा पुरस्कार आफ्नो स्थापनाकालदेखि नै प्रदान गर्दै आइरहेको छ । यस वर्ष निम्नानुसार पुरस्कार प्रदान गरिएको छ ।
बाद्यवादन ः


यस वर्ष टौमढी, भक्तपुर निवासी रोशिका जधारीलाई वाद्यवादन तर्फको ज्यापु युवा प्रतिभा (वाद्यवादन) प्रदान गरिएको छ । नगद पुरस्कार दश हजार रहेको यस पुरस्कारको दाता स्व. गुरु हेरामान महर्जन लुमन्ती कोष, वटु त्वाः, काठमाडांैले प्रदान गर्दै आएको हो । यो पुरस्कार उहाँका छोरा रत्नकाजी महर्जनले प्रदान गर्दै आउनु भएको हो । जधारी युवा बाद्यवादक एवं प्रशिक्षक हुनुहुन्छ । उहाँ बांसुरी, मादल, म्वायली, किबोर्ड, भ्वायलन, पियानो, तबला, नगरा, गितार, सारंगी, धिमे, धाः पांगा, हार्माेनियम, भोकल आदि प्रशिक्षण गर्नुहुन्छ । उहाँले विशेष म्वायली प्रवर्तक हुनुहुन्छ ।
उहाँ महाकाली नाच, लाखे नाच, चर्या आदि नृत्यका प्रशिक्षक एवं कलाकार पनि हुनुहुन्छ । उहाँले गाईजात्रा सांस्कृतिक प्रतियोगिता २०२३मा उत्कृष्ट महिला कलाकार (म्वालि र पोंगा)को रुपमा भक्तपुर नगरपालिकावाट नगद सहित सम्मान र अन्य विभिन्न सम्मान प्राप्त गर्नुभएको छ ।
सशक्तिकरण


ओमबहाल, काठमाडाैं निवासी राजु महर्जनले प्रदान गर्दै आउनुभएको ज्यापु युवा प्रतिभा (सशक्तिकरण) पुरस्कार कलश इभेन्टका अध्यक्ष संजय महर्जनलाई प्रदान गरिएको छ । नगद पुरस्कार दश हजार सहितको पुरस्कार विजेता महर्जन संस्कृति तथा मनोरंजन कार्यक्रम आयोजना, लिटल मिस एंजल नेपाल, लिटल मास्टर, कलश आर्ट भेस्टिबल, भुतमाली जात्राको संचालन गर्र्दै आउनुभएको छ भने उहाँले चाँडै नै नेवाः मंैचा बौचा नामक नयाँ कार्यक्रम सुरु गर्दै हुनुहुन्छ ।
सहायक राष्ट्रिय स्काउट प्रशिक्षक समेत रहेका उहाँ स्काउट लिडरको रुपमा २०६४ साल देखि निरन्तर सकृय हुनुहुन्छ । महाभुकम्प २०७२मा सकृय रहि विपद् ब्यवस्थापन पदकवाट विभूषित उहाँ सप्तक र भैरबी ब्याण्डको सदस्य, लोक संगीतका विभिन्न एलबम प्रकाशन, परम्परागत कोहिटी त्वाः खलःमा धिमे गुरु हुनुहुन्छ । उहाँ लियो क्लब अफ काठमाडौं यूनाइटेड सेन्ट्रल ३२५ बी २ का सन् २०१५ देखि १७ को चार्टर प्रेसिडेन्ट हुुनुहुन्थ्यो । यस सम्मानसँगै नगद १० हजार पनि रहेको छ ।
सञ्चार


प्रा.डा. रत्नमान डंगोलले प्रदान गर्दै आउनु भएको ज्यापु युवा प्रतिभा सम्मान सञ्चार इताछेँ ललितपुरका सुनिल महर्जनलाई प्रदान गरिएको छ । नेपाल समाचार पत्रका सहसम्पादक उहाँ नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)का केन्द्रीय सदस्य हुनुहुन्छ । यस सम्मानसँगै नगद १० हजार पनि रहेको छ ।
ज्यापु प्रतिभा सम्मान शिक्षा


बालमुकुन्द मान सिंहले प्रदान गर्दै आउनु भएको होइन ज्यापु प्रतिभा सम्मान शिक्षा (योगविज्ञान) पुरस्कार जयन्ती महर्जनलाई प्रदान गरिएको छ । उहाँले म्याटर्स अफ योगिक साइन्स (योग विज्ञानमा मास्टर तहमा स्वर्णपदक प्राप्त गर्नुभएको थियो । खोकना निवासी उहाँ सिभिल इञ्जिनियरिङ्ग गर्नुभएको थियो । यस सम्मानसँगै नगद १० हजार पनि रहेको छ ।
खेलकूद


यस वर्ष स्व. नाती महर्जन र स्व. चनमाया महर्जनको स्मृतिमा छोरा गोविन्द महर्जन, गोफलले प्रदान गर्नुभएको दश हजार नगद सहितको ज्यापु युवा प्रतिभा सम्मान खेलकूद पुरस्कार फुटसलका राष्ट्रिय प्रशिक्षक विक्रम महर्जनलाई प्रदान गरिएको छ । उहाँले विभिन्न फुटबल प्रतियोगितामा राष्ट्रिय फुटबल टीमबाट सहभागीता जनाउनु भएको थियो । उहाँ एन्फ कपका विजेता तथा सन् २००१ मा टीचर्स कपका विजेता हुनुहुन्छ । यस सम्मानसँगै नगद १० हजार पनि रहेको छ ।


यसैगरी खेलकूद तर्फ नै श्री सुर्जमाया डंगोल, ढल्को दाता रहेको पुरस्कार लुभुका यनोज महर्जनलाई प्रदान गरिएको छ । उहाँले काटातार्फ अष्ट्रियाको भियनामा सम्पन्न सातौं वल्र्ड गोजुरियो च्याम्पियन शीप २०२४, दक्षिण एशियाली खुल्ला अन्तर्राष्ट्रिय कराते च्याम्पियनशीप २०२४ मा प्रथम हुन सफल हुनुभएको थियो ।


ज्यापुु युवा प्रतिभा सम्मान खेलकूदतर्फ नै मनिशा डंगोल श्रेष्ठ, ढल्को दाता रहेको पुरस्कार बोसीगाउँकी अञ्जली महर्जनलाई प्रदान गरिएको छ । उहाँले सिंगापुरमा भएको एसियन पासिफिक सिटोरियो कराते च्याम्पियनशीप २०२४ मा स्वर्णपदक जित्नुभएको थियो । यसैगरी २०२४ मा नै भुटाको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते च्याम्पयिन शीप तथा ५६ औं राष्ट्रिय कराते च्याम्पियनशीपमा ५० केजी तौल समूहमा स्वर्णपदक विजेता हुनुहुन्छ । उहाँ सन् २०२६ मा हुने एसियन गेम्सको लागि पनि छनौटमा पर्नुभएको छ । यस सम्मानसँगै नगद १० हजार पनि रहेको छ ।
कला


हंस स्मृति समाज, त्रिपुरेश्वर, काठमाडौं दाता रहेको ज्यापु युवा प्रतिभा सम्मान कला तर्फबाट पुरस्कार फन्टोग्राफर तथा डिजाइनर आनन्द कुमार महर्जनलाई प्रदान गरिएको छ । उहाँ क्यालिजात्राका अध्यक्ष, हाम्रो पात्रोका क्रिएटिभ हेड, रञ्जना लिपि फन्टका डिजाइनर हुनुहुन्छ ।
ज्यापु बाल प्रतिभा सम्मान


बालकृष्ण महर्जन, यतखा, काठमाडांै दाता रहेको ज्यापु बाल प्रतिभा सम्मान पुरस्कार मिस लिटिल नेवाः ११४३ विजेता सुज्योति डंगोललाई प्रदान गरिएको छ । यस सम्मानसँगै नगद १० हजार पनि रहेको छ ।
श्री चक्रमान डंगोल समाज सेवा पुरस्कार


नारायण परिवार क्लब, ओन्दे, काठमाडाैं दाता रहेको श्री चक्रमान डंगोल समाजसेवा पुरस्कारबाट यसवर्ष खोकना निवासी शरण गोपाल डंगोललाई सम्मान गरिएको छ । उहाँ लिधंसा पासा पुचःका अध्यक्ष, नेवाः देय् दबूका राष्ट्रिय परिषद सदस्य, ज्यापु महागथि नेपाः यल जिल्ला समितिका वरिष्ठ उपाध्यक्ष, लिधंसा सामुदायिक अध्ययन केन्द्र, खोकना उपाध्यक्ष एवम् १ दर्जन भन्दा बढी संघसंस्थाका आजिवन सदस्य तथा सदस्य हुनुहुन्छ । उहाँको नेतृत्वमा नेपालभाषा, लिपि प्रशिक्षण तथा गोष्ठी, हाजिरि जवाफ प्रतियोगिता आयोजना, ख्वना पौ प्रकाशन, धिमेबाजा प्रशिक्षण तथा प्रतियोगिता, उद्घोषण तालिम, परम्परागत भिं प्याखं प्रवद्र्धन तथा प्रदर्शन, परम्परागत लोपोन्मुख गोला ग्वारा संग्रह प्रकाशन, धाः बाजा प्रशिक्षण, ज्यापु दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना (२०६८देखि २०७१सम्म) सम्पन्न गरिएको छ । यस सम्मानसँगै नगद १० हजार पनि रहेको छ ।
बाद्यगुरु कृष्णभाई महर्जन स्मृति पुरस्कार


वाद्यगुरु कृष्णभाई महर्जनको स्मृतिमा उहाँका छोरा श्री तीर्थ नारायण महर्जन, तःननी दाता रहेको बाद्यगुरु कृष्णभाई महर्जन स्मृति पुरस्कार श्री रुद्रायणी बसुवाः गुठीका अध्यक्ष बुद्धिबहादुर डंगोललाई प्रदान गरिएको छ । उहाँ म्हेनायो दाफा खलः, खोकनाका मूल गुरु हुनुहुन्छ । उहाँ श्रीखण्ड भजन खलः, खोकनाका गुरु, लू मिला पुचः, खोकना जेष्ठ नागरिक मिलन केन्द्र, खोकनाका संस्थापक अध्यक्ष, विभिन्न नेवाः दबू प्याखंका कलाकार तथा गुरु हुनुहुन्छ । उहाँ २०४९–२०५४ सम्म खोकना गा.पा. ६का वडा अध्यक्ष हुनुहुन्थ्यो ।
ज्यापु साँस्कृतिक धरोहर सम्मान


पन्ध्रांै राष्ट्रिय ज्यापु दिवस समारोह समिति २०७५का संयोजक श्री तीर्थनारायण महर्जन, त्वाःनायः, परम्परागत तःननी त्वाः खलः (धर्मचक्र तःननी खलः), काठमाडांैलाई प्रदान गरिएको छ ।
संयोजक कार्य सम्पादन प्रशंसा पत्र


बिसाैं राष्ट्रिय ज्यापु दिवस समारोह समिति–२०८०का संयोजक श्री धनबहादुर महर्जन, त्वाःनायः, परम्परागत तेंगःत्वाः खलः, टेंगल, काठमाडाैंलाई प्रदान गरिएको थियो ।
(लेखक ज्यापु संस्कृति विकास कोषका उपाध्यक्ष, प्रवक्ता एवम् पुरस्कार सिफारिस समितिका संयोजक हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध