छोरी र महिनावारी
बन्धन होइन छोरी
श्रृष्टी हो महिनावारी
हरेक महिनाको संज्ञा
आमा बन्ने क्षमता ।।
नडराई छोरी तिमी
बगेका ती रगत देखेर
परिवर्तन हो तिम्रो यो
शारीरिक मानसिक विकासको ।।
समय, काल, परिस्थिति
अवश्य बुझ्नु तिमीले
सचेतना जगाई बढ अगाडी
विवेक बुद्धि पु¥याई ।।
प्रत्येक अठ्ठाइस दिनको फरकमा
सामना गर जीवनभर तीनहजार दिनको
भयमुक्त भई सजग भई हिँड तिमी
आत्मबल जगाई डरत्रास छोडी ।।
स्वदेशी उत्पादनलाई प्रोत्साहन गर
देशको आर्थिक भार कम गर्न
समय सापेक्षलाई ध्यानमा राखी
खर्च लाग्ने महिनाबारीको ।।
सबै महिलाहरुलाई हुने
महिनावारी हो यो
आफूले जाने सिकेका ज्ञान
बाँड्दै जाउ नयाँपिढीलाई छोरी ।।
स्वास्थ्य, शिक्षा, रोजगारी
नारी समृद्धिको चाहना
बालबालिकाका अधिकार
उज्ज्वल भविष्यको कामना ।।
छोरी, बन्धन होइन महिनाबारी
श्रृष्टी हो युगौं युगसम्मको
आभूषण हो यो छोरी
स्वच्छ सुन्दर महिनाबारीको ।।








