लायन्स क्लबद्वारा अनाथ अपाङ्ग आश्रमलाई सहयोग

नेपालमा अन्तर्राष्ट्रिय लायन्स क्लब भित्रिएको स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा काठमाडौं टेम्बल मां हारती, काठमाडौं यशोधरा टेम्पल, टेम्पल छिन्नमस्ता र लायन्स क्लब काठमाडौं डिभाइन इनर्जीको संयुक्त पहलमा यहाँको कागेश्वरी मनोहरा थलि ५ स्थित अनाथ अपाङ्ग आश्रय नेपाल नामक संस्थालाई विविध राहत सामग्री प्रदान गरिएको छ ।
लायन्स क्लबका एरिया लिडर लायन बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थालाई अत्यावश्यक खाद्यान्नहरुका साथै कोभिड १९ बाट सुरक्षित रहन स्यानिटाइजर, मास्क लगायतका सामग्रीहरु प्रदान गरिएको थियो ।
कार्यक्रममा मन्तव्य राख्नु हुँदै प्रमुख अतिथि बुर्लाकोटीले नेपालमा लायन्स क्लब प्रवेश गरेको ५० वर्ष पूरा भएको उपलक्ष्यमा स्वर्ण जयन्ती मनाउन गरेको आह्वान अनुसार कोभिड–१९ को विषम परिस्थितमा पनि ४ वटै क्लबद्वारा देखाएको सद्भावलाई सराहना गर्नुभयो ।
उहाँले आश्रय केन्द्रका पदाधिकारीहरुलाई फेरि पनि सहयोग आवश्यकता भए यस्ता कार्यक्रमहरु गर्न सकिने र क्लबको सहयोग कार्य स्वीकार गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
यसैगरी अतिथिका रुपमा उपस्थित हुनु भएको सेकेण्ड भ्यालि डिस्ट्रिक गभर्नर लायन महेन्द्र पौडेलले यस वर्षको मुख्य नारा भविष्यको सम्पोषण अन्तर्गत गरी कार्य गर्न जोन चियर पर्सनज्यूहरुलाई निर्देशन दिनु भयो । यसका साथै उहाँले भविष्यमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा सेकेण्ड भ्याली डिस्ट्रिक्ट गभर्नरका मुख्य सल्लाहकार लायन मनिश्री बज्राचार्य, मेल्भिन जोन्स फेलोशिपहरु क्लस्टर चीफ लायन मोहन भट्टराई, रिजन चियर पर्सन श्रीकृष्ण मानन्धर, जोन चियर पर्सन लायन सरिता श्रेष्ठको उपस्थिति रहेको थियो ।

टेम्पल छिन्नमस्ताका चार्टर अध्यक्ष लायन सपनी लामा रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा लायक क्लब काठमाडौं यशोधरा टेम्पलका अध्यक्ष ईशा, लायन क्लब टेम्पल मां हारतीको चार्टर अध्यक्ष लायन डा. गोपाल प्रधान, लायन क्लब काठमाडौं डिभाइन इनर्जीका अध्यक्ष लायन जीवन महर्जन, टेम्पल मां हारतीका उपाध्यक्ष सरस्वती श्रेष्ठ र कोषाध्यक्ष लायन कल्पना भट्टराईको विशेष उपस्थिति रहेको थियो ।
सहयोग ग्रहण गर्नुहुँदै आश्रय केन्द्रका अध्यक्ष गोपाल कार्कीले आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गर्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

[metaslider id=409]

­

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध