खुमल नेवाः फल्चा विमाेचित
खुमलतार नेवाः गुथि परिवारद्वारा “खुमल नेवाः फल्चा” नामक स्मारिका एक कार्यक्रम बीच बिमोचन गरिएकाे छ।
उक्त कार्यक्रम खुमल नेवाः गुथिका अध्यक्ष भुवन लाल श्रेष्ठको सभापतित्वमा सातदोबाटो खुमल टोलमा भएको थियो ।
विमाेचन कार्यक्रममा खुमल नेवाः गुथिका जेष्ठ नागरिक राम बहादुर श्रेष्ठ, खुमल हाईत टोल सुधार समितिका अध्यक्ष बिनोद अधिकारी तथा अन्य मान्यजनको पनि उपस्थिति रहेकाे थियो ।
स्मारिका क्रमस गुथिका अध्यक्ष भुबन लाल श्रेष्ठ , जेष्ठ नागरिक राम बहादुर श्रेष्ठ तथा टोल सुधार समितुका अध्यक्ष बिनोद अधिकारीहरु द्वारा विमोचन गर्नु भएको थियो ।
कार्यक्रममा समितिका अध्यक्ष बिनोद अधिकारीले नेवाः गुथिलाई बढाई , शुभकामना तथा टोल सुधार बिकासमा एक आपस मिलि जानु पर्नेमा जाेड दिनु भयो ।
कार्यक्रमका सभापति भुबन लाल श्रेष्ठले नेवाःको मौलिक परम्परागत संस्कृति सम्पदालाई जगेर्ना गर्नु पर्ने र उत्थान गरि यसलाई देश विदेशमा प्रचार प्रसार गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रम खुमल नेवाः गुथिका पूर्व अध्यक्ष श्याम बहादुर श्रेष्ठले कार्यक्रम संचालन गर्नु भएको थियो ।








