स्मृतिमा पद्मरत्न तुलाधर सार्वजनिक

मानवअधिकारका लागि जीवन अर्पण गर्नुभएका पद्मरत्न तुलाधरको स्मृतिमा विभिन्न व्यक्तिले लेख्नुभएको लेखहरुको संग्रह स्मृतिमा पद्मरत्न एक कार्यक्रमका बिच लोकार्पण गरिएको छ।

पद्मरत्न लुमन्ति गुथिका अध्यक्ष एवम् पूर्वमन्त्री केशवमान शाक्यको सभापतित्वमा भएको कार्यक्रममा उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठको प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियोे ।

सोही कार्यक्रममा पद्मरत्न तुलाधरसँग सहकार्य गर्नुभएका सर्वश्री दमननाथ ढुंगाना, शिक्षा सेवी हितकरवीरसिंह कंसाकार, परराष्ट्रविद् एवम् पत्रकार  हिरण्यलाल श्रेष्ठ र प्रा नर्मदेश्वर प्रधानलाई सम्मान गरिएको थियोे ।

कार्यक्रममा मन्तब्य राख्नुहुँदै प्रमुख अतिथि श्रेष्ठले पद्मरत्न तुलाधरले थालनी गर्नुभएको विचार र उहाँको सोच अनुरुप देशलाई अगाडि बढाउन आफू प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले सम्मानित ब्यक्तित्वहरुको सुस्वास्थ्यको कामना गर्नुभयो ।

पद्मरत्न तुलाधर र दमननाथ ढुंगानाको योगदानले नै शान्ति प्रक्रिया अगाडि बढ्न सकेको स्मरण गर्नुभयो । उहाँँले पद्मरत्नको बहुआयामिक व्यक्तित्व चर्चा गर्नुभयो । उहाँले पद्मरत्नको सरलताको स्मरण गर्नुभयो ।

पद्मरत्न र दमननाथले नै संविधानसभाको मागको शंखघोष गर्नुभएको बताउनु हँदै हाल शिक्षा र राेजगारका लागि विदेशिने प्रवृत्तिलाई रोक्नु नै सरकारको लक्ष्य रहेको बताउनुभयो ।

कार्यक्रममा डेनमार्कका लागि राजदूत सिफारिस हुनुभएका गुथिका उपाध्यक्ष सुम्निमा तुलाधर र स्पेनका लागि राजदूत सिफारिस हुनुभएका गुथिका सदस्य पुष्प राजकर्णिकारलाई बधाई  ज्ञापन गरिएको थियोे ।

गुथिका उपाध्यक्ष सुम्निमा तुलाधरले स्वागत गर्नुभएको कार्यक्रममा सदस्य ज्ञानराम श्रेष्ठले कार्यक्रमको बारेमा तथा सदस्य किरण शाक्यले सम्मानित व्यक्तित्वहरुको परिचय गराउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध