न्यूजेनिथले सिल्भर जुब्ली मनाउने

शिक्षाको क्षेत्रमा आफ्नो बेग्लै पहिचान स्थापित गर्न सफल न्यू जेनिथ इङ्गलिस मोडल स्कूल स्थापनाको २५ वर्ष पुगेको अवसरमा यही माघ २८ गते विविध कार्यक्रम गरी सिल्भर जुब्ली मनाउने भएको छ ।
बिहीवार यस सम्बन्धमा एक पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिनु हुँदै स्कूलका प्रधानाध्यापक राजु महर्जनले २५ वर्ष पुगेको अवसरमा ६० जना विद्यार्थीहरु समावेश रहेको सांगीतिक समूहले अर्केष्ट्रा धुन प्रस्तुत गर्नुका साथै विविध नृत्य, गायन तथा वाद्यवादन प्रस्तुत हुने बताउनु भयो ।
यस क्रममा प्रधानाध्यापक महर्जनले लेख्नुभएको पुस्तक सानो सफलतामा धेरै रमाउने मान्छे र स्कूलको म्यागाजिन यूनिभर्स अफ न्यूजेनिथको पनि विमोचन गरिने भएको छ ।
सिल्भर ज्ुब्लीका क्रममा विद्यालयमा कार्यरत ५ देखि २५ वर्षसम्मका शिक्षक तथा कर्मचारीहरुलाई पनि विशेष सम्मान गरिने र यसरी सम्मानित गरिएका शिक्षक तथा कर्मचारीहरुको तलबमान पनि थप हुने बताउनु भयो ।
२०५६ सालमा जेनिथ इङ्गलिस सेकेण्डरी स्कूलको प्राइमरि ब्लकको रुपमा सुरु गरिएको यो विद्यालय २०५७ मा विधिवत् दर्ता भएको थियो । २०६१ सालमा पहिलो एलएलसी दिएको विद्यालयमा २०७१ देखि १२ सम्मको पठनपाठन हुँदै आएको छ ।
विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकिलापमा पनि अग्रसर गराउँदै आएको विद्यालयले नृत्य, संगीत, चित्रकला, टेक्वाण्डो, बास्केटबल, फुटबल, स्वीमिङ्ग, ब्याडमिण्टन, चेस, हस्तलेखन, मिडास ईक्लाब, रोबोटिक क्लास, स्काउट क्लासका साथै पाठ्यक्रममा आधारित अतिरिक्त क्रियाकलापहरु संचालन गर्दै आएको छ ।
विद्यालयको शुल्कको सम्बन्धमा जानकारी दिनु हुँदै प्रधानाध्यापक महर्जनले सबैले तिर्न सक्ने हिसाबमा शुल्कको निर्धारण गरिएको र सरकारको नीति अनुरुप आफ्नो विद्यालयमा पनि १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको बताउनु भयो ।
न्यूजेनिथ स्कुल सामाजिक कार्यमा पनि अग्रसर रहँदै आएको छ । काठमाडौंमा मात्र नभई यस विद्यालयले नेपालका विकट गाउँहरुमा रहेका विद्यालयमा समेत पुगेर शैक्षिक सामग्री वितरण गर्नुका साथै आवश्यकता अनुरुप सहयोग उपलब्ध गराउँदै आएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध