पत्रकार शेषकान्त पण्डितकाे निधन

शिक्षा पत्रकार समाजका संस्थापक महासचिव एवं गोरखापत्र दैनिकका सहसम्पादक शेषकान्त पण्डितको अर्बुद रोगका कारण ४७ वर्षको उमेरमा आज बिहान असामयिक निधन भएको छ ।
तनहुँको भानु नगरपालिका–१२ मा २०३३ वैशाख १८ मा जन्मनुभएका पण्डित पत्रकारिता तथा सामाजिक अध्ययन विषयको अध्यापन र पुस्तक लेखनमा पनि सक्रिय हुनुहुन्थ्यो । शिक्षा पत्रकार समाजको स्थापना र सञ्चालनमा उहाँले विशेष योगदान दिनु भएकाे समाजले जनाएकाे छ ।  समाज स्थापनाअघि उहाँले शिक्षा पत्रकार समूहको महासचिव र उपाध्यक्षसमेत भई कार्य गर्नुभएको थियाे ।
सार्क जर्नालिष्ट फोरम, नेपाल च्याप्टरका सदस्यसमेत रहनुभएका वरिष्ठ पत्रकार पण्डितको निधनले नेपाली पत्रकारिता, खासगरी शिक्षा पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध